नाम्ची जिल्ला अन्तर्गत आठवटा खण्डमा समन्वय बैठकको थाल्नी

IMG-20230917-WA0002.jpg

नाम्ची: नाम्ची जिल्ला कार्यालयले जिल्लामा रहेको आठवटै खण्डमा समन्वय बैठक आयोजन गर्ने निधो गरेर आजदेखि कार्यक्रमको थालनी गरेको छ। पहिलो दिनको कार्यक्रम नाम्ची खण्ड कार्यालयमा जिल्ला अध्यक्ष अञ्जिता राजालिमको नेतृत्वमा आयोजित बैठक जिल्ला उपाध्यक्ष विकास तामाङ, नाम्ची जिल्ला पञ्चायत अधीनस्थ सबै जिल्ला पञ्चायतहरूको उपस्थिति रहेको थियो।

आजको बैठकमा नाम्ची खण्डका ७ वटै ग्राम पञ्चायतका पञ्चायत सभापति, सदस्यगण अनि ६२ वटा वार्डका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। तृणमूल तहको सरकारी निकाय ग्राम पञ्चायतमा रहेको समस्याहरूलाई उनीहरूबाटै बुझ्ने अनि उचित समाधान गर्ने उद्देश्यले जिल्ला अध्यक्ष अञ्जिता राजालिमको नेतृत्वमा यो पहल शुरु गरिएको हो।

आज ग्राम अनि वार्डका प्रतिनिधिहरूसँग परिचय आदन-प्रदान गर्ने कार्य गरिएपछि त्यहाँ रहेका तृणमूलस्तरमा रहेको समस्याहरू सुन्ने कार्य गरियो। कतिपय तक्निकी कारणले गर्दा १५औं वित्तीय आयोगको धनराशि ग्राम पञ्चायतमा स्थान्तरण हुन नसकेको समस्यालाई ध्यानमा राख्दै यसबारेमा दक्षिण-पश्चिम पञ्चायत समन्वयकसँग बसेर समस्या समाधानहेतु उचित पहल गर्नुपर्ने छलफल गरियो।

कार्यक्रममा आगामी ६ देखि ८ अक्टोबरसम्म गान्तोकमा आयोजन गरिने पञ्चायत सम्मेलनबारे पनि जानकारी गराइयो। सो कार्यक्रमको अन्तिम दिन मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थिति रहनेछ।

जिल्ला अध्यक्ष अनि उपाध्यक्षको उपस्थितिमा ग्राम पञ्चायत केन्द्रमा रहेका समस्याहरू सुनाउन साथै समस्या समाधानको उचित पहल भएकोमा ग्राम पञ्चायत प्रतिनिधिहरूले खुशी व्यक्त गरे। आजको कार्यक्रममा खण्ड विकास अधिकारी, जिल्ला कार्यालयका उप-निदेशकको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *