फुटसल प्रतियोगिताको समापन

IMG-20230917-WA0001.jpg

वर्तमान सरकारले खेलकूदको क्षेत्रलाई प्राथमिका दिएको छः अध्यक्ष अरूण उप्रेती

गान्तोक: आरिथङ निर्वाचन क्षेत्रद्वारा आयोजित समष्टीस्तरीय फुटसल प्रतियोगिताको आज फाइनल खेल देउरालीको जीएमसी कार्यालयस्थित फुटसल एरिनामा सम्पन्न भयो।

आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम विधानसभाका अध्यक्ष एवम् सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सेक्रेटेरी जनरल अरूण उप्रेती रहेका थिए।

गत ११ सेप्टेम्बरदेखि शुरू भएको यस फुटसल प्रतियोगितालाई चारवाट भागमा विभाजन गरिएको थियो, जसमा, महिलावर्ग, भेटरेन्स,खुल्ला र विधायक बनाम पार्षद रहेको थियो। आजको प्रदर्शनी खेल विधायकदल बनाम पार्षदगणबीच सम्पन्न भएको थियो जसमा विधायकदलले एक गोलको विरूद्ध 6 गोल गरेर विजयी बन्यो।

सोही प्रकारले खुल्ला प्रतियोगितामा प्यालेस बोयज बनाम अप्पर स्यारीबीच भएको थियो, जसमा अप्पर स्यारीले चारको विरूद्ध ८ गोल गरेर ट्रफी आफ्नो टोलीको नाममा दर्ता गर्न सफल बन्यो। यसरी नै भेटरेन्समा देउराली बनाम लालबजारबीच सम्पन् भएको थियो जसमा देउराली विजयी बन्यो।

पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष उप्रेतीले एसकेएम पार्टी सरकारमा आएपछि खेलकूद क्षेत्रलाई प्राथमिकता दिएको र हाल खेलकूदको निम्ति राज्यको विभिन्न स्थानमा पूर्वधारको निर्माण भएको जानकारी गराए। उनले थप जानकारी गराए अनुसार एसकेएम पार्टी सरकारमा आउँदा लथालिङ्ग अवस्थामा रहेको नाम्चीको भाइचुङ स्टेडियमलाई सरकारले प्राथमिकता दिँदै युद्धस्तरमा निर्माण गरेर नाम्चीबासीलाई हस्तान्तरण गरेको अवगत गराए।

यसरी नै कलाको क्षेत्रमा पनि प्रतिभा भएका युवाहरूलाई सरकारको तर्फबाट सबै प्रकारको सहयोग पुऱ्याउँदै आएको र राष्ट्रिय र अन्तराष्ट्रियस्तरको मञ्चमा प्रदर्शन गर्ने प्रतिभाहरूलाई सरकारले सम्मान स्वरूप सहयोग गरेको अवगत गराए। सोही प्रकारले नशालु पदार्थको लतमा फँसेका युवाहरूलाई पार्टी साथै सरकारको तर्फबाट पूर्नवास केन्द्रमा उपचार गर्दै उनीहरूलाई नयाँ जीवन प्रदान गर्दै आइरहेको उनले धेरैवटा उदाहरण दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement