चुनाउ जित्नकै लागि अपत्यारिलो र फोस्रा आश्वासन बाँड्दै हिँड्नु मुख्यमन्त्रीको विवशताः एसडीएफ

1000344033.webp

गान्तोक: दक्षिण सिक्किमको राभाङ्लामा १५ सेप्टेम्बरका दिन आयोजित एसकेएम पार्टीको कार्यक्रममा राज्यका मुख्यमन्त्री पीएस तामाङले पूर्वकै सरकारमा सञ्चालित नीति तथा कार्यक्रमलाई बढ़ाइ-चढ़ाइ गरी आफैले गरेझैं घोषणा गरेको विपक्षी एसडीएफले दाबी गरेको छ।

यसले वर्तमान सरकारको कार्यक्रमको शून्यता र मौलिक सोच नरहेको प्रमाणित हुॅंदछ भनी एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा ठहर गरेको छ।

एसडीएफले वर्तमान सरकारमाथि राज्यको वन-जङ्गल सखाप बनाएको, श्रीसम्पत्ति बिक्री गरेको, अधिकार बन्धक राखेको, चिन्हारी मासेको, उद्योग-धन्दा निजीकरण गरेको, राज्यको बजेट र धनलाई मनपरी खर्च गरेको पनि आरोप लगाएको छ। एसडीएफले भनेको छ, चुनाउमा जनतालाई दिएका फोस्रा वाचा, कसम र घोषणाहरूलाई चिसो बोरामा अहिलेसम्म हालेर उनी चुनाउ जित्नकै लागि अपत्यारिलो र फोस्रा आश्वासन बाँड्दै हिँड्नु आज उनको विवशता हो।

एसडीएफले अघि भनेको छ, लिम्बू-तामाङको सीटको प्रावधान, वित्त ऐनले निम्त्याएको सिक्किमे पहिचान र संवैधानिक धारा ३७१ एफको तरलीकरण र त्यसले सिर्जना गरेको अधिकार र अस्मिताको सवाल, अनुसूचित जनजाति बन्नबाट छुटेका १२ जातिको मुद्दा, परम पावन कर्मापाको सिक्किम आगमनको विषय आदिजस्ता गम्भीर र महत्वपूर्ण विषयमा राज्यका मुख्यमन्त्री चुईंक्क बोल्दैनन्। फोस्रा र झुटा आश्वासन बाँड़ेर नै उनी जनतालाई अल्मलाउन चाहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement