गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्वकर्मा पूजाको शुभ अवसरमा राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, यो दिन दिव्य वास्तुकार भगवान विश्वकर्माको सम्मान र पूजाको निम्ति देशभरि मनाउने गरिन्छ।
हिन्दू पौराणिक कथाहरूमा भगवान विश्वकर्मालाई सांसरको निर्माता मानिन्छ र उनी असाधारण हतियारहरूको पनि निर्माता थिए।
मुख्यमन्त्रीले यस पवित्र अवसरमा भगवान विश्वकर्माले सबैका व्यवसायहरूमा सौभाग्य प्रदान गरुन् अनि हामीलाई समृद्धि र शान्तिको मार्गमा डोऱ्याउन भनी कामना गरेका छन्।