काेलकाता: वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारी विरूद्ध पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले केन्द्रिय विदेश मन्त्रालयमा शिकायत दर्ता गराएको छ।
मुख्यमन्त्री ममता ब्यानर्जी र श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघेबीच भएको वार्तालापलाई बङ्ग्याएर पेश गरेको आरोपमा उनी विरूद्ध शिकायत दर्ता गराएको छ।
राज्यसभा सांसद एवं पार्टीका राष्ट्रिय प्रवक्ता डेरेक ओ ब्रायनले केन्द्रिय विदेश मन्त्री एस जयशंकरलाई चिट्ठी लेखेर उनको बयानलाई सेन्सर गर्ने माग गरेका छन्।
वस्तुतः गत बुधवार दुबई एयरपोर्टमा ममताको श्रीलंकाका राष्ट्रपतिसित भेट भएको थियो। तब उनले ममतालाई के उनले भारतमा विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको भनी सोधेका थिए, यसको जवाफमा ममताले ओ माय गड भनेकी थिइन्।
अर्कोतिर, शुभेन्दुले दुवैको यस वार्तालापलाई आफ्नो तरीकाले ट्वीट गरेका थिए। उनले लेखे, विक्रम सिंघेले ममतालाई सोधे, के तपाईले राज्यलाई वित्तीय संकटतिर लैजाने नेतृत्व गरिरहेकी छन्? ठीक त्यस्तै जसरी श्रीलंका आज वित्तीय संकटसित जूझिरहेछ। यसको जवाफमा ममताले भनिन्, यदि तपाईले मलाई दिशा-निर्देश दिए म बजारबाट अझ् धेरै ऋण लिनसक्छु। म तपाईलाई बंगाल ग्लोबल बिजेनस समिटको आमन्त्रण दिन्छु।
तृणमूलको भनाई छ, एक मित्र राष्ट्रका शीर्ष नेताको बयानलाई यस प्रकारले विकृत गरेर सोशल मीडियामा लेख्दा दुवै देशबीच सम्बन्ध खराब हुने सम्भावना छ। डेरेकले भने, घरेलू राजनीतिमा कहिलेपनि विदेशी राष्ट्रिय अध्यक्षहरूलाई घसिट्नु हुँदैन। उनले तुरन्तै यस बयानलाई हटाउने माग गरेका छन्।