कोलकातामा झैँ सिलगढीको महानन्दमा आरती हुनेछ: गौतम देव
सिलगढी: दुर्गा पुजा अगावै सिलगढी शहरलाई सजाइनेछ, कोलकाताको गङ्गा आरती जस्तै सिलगढीको महानन्दमा आरती हुनेछ। महानन्दा नदीलाई प्रदूषण हुनबाट जोगाउनको लागि उक्त पहल गरिएको मेयर गौतम देवले बताए। आज सिलगढीको सबै पुजा कमिटी तथा विभिन्न विभागका प्रशासनिक अधिकारीहरूसित मेयर गौतम देवले एउटा बैठक गरे। यस बैठकमा पुजालाई लिएर विशेष चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा मेयरले भने, पुजा अगावै सिलगढी सहरलाई भव्य रूपमा सजाइनेछ। ट्राफिक लगायत विविध परियोजना ग्रहण गरिनेछ। मोहनबगानहो एभेन्यू-लाई रङ्गी-बिरङ्गी बिजुली बत्तीहरूले सजाइनेछ भने आगामी २९ सेप्टेम्बरमा यसको उद्घाटन गरिनेछ। यसको साथै महानन्दा नदीलाई प्रदूषणमुक्त गराउन नगरनिगमको तर्फबाट सन्ध्या आरती गरिने पहल गरेको छ।