सोरेंगमा हुने इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी

IMG-20220712-WA0131.jpg

१२ जुलाईः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजन गरिने पहिलो इण्डिपेण्डेन्स डे खुल्ला नगद राशि फूटबल टुर्नामेण्टको क्रीड़ासूची (फिक्स्चर) जारी गरियो। देशको ७६औं स्वतन्त्रता दिवसको अवसरमा आयोजन गरिने यस नाइन ए साइड टुर्नामेण्टमा सिक्किम र उत्तर बंगालबाट मात्र नभएर नेपाल, शिलंग अनि लखनऊबाट १६ वटा नामी-दामी टीमहरुलाई प्रवेश दिइएको छ। स्थानीय सोरेंग खेल मैदानमा हुने यस टुर्नामेण्टको शुरुवात ३० जुलाईमा हुनेछ भने फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टको उद्घाटन म्याचमा ११ जीआरआरसी लखनऊ र माझीटार एससी (सिक्किम)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख अनि उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा टुर्नामेण्टका सर्वश्रेष्ठ खेलाड़ीलाई हीरो एक्स पल्स २०० बाईक पुरस्कारमा प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement