सिलगढी: भक्तिनगर पुलिस थानाले सूचनाको आधारमा कारबाही गर्दै सोमनाथ रोय (३०) र बलाई रोय (३४) नाम गरेका दुई युवालाई ७८ थान सुई र २१ बोतल कफ सिरपसहित पक्राउ गरेको छ। उनीहरु दुबै सिलगढीको विद्याचक्र कालोनीका बासिन्दा हुन्। उनको साथबाट एउटा गोली पनि बरामद भएको छ।

प्रहरी स्रोतका अनुसार भक्तिनगर प्रहरी चौकी इलाकाको राष्ट्रिय राजमार्ग ३१ स्थित लाइफलाइन अस्पताल नजिकैको मामा होटल अगाडि आरोपितलाई पक्राउ गरिएको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।