चियाबारीको सबै जमीनको पट्टाको मांगमा २४ सेप्टेम्बरकाे दिन दार्जिलिङमा भागोप्रमोद्वारा रैली अनि विराट जनसभा आयोजना गर्ने

IMG-20230916-WA0243.jpg

दार्जिलिङ: “हाम्रो जमीन, हाम्रो नाममा हुनुपर्छ” भन्ने सन्देश सरकारको कानमा पुर्याउन २४ सेप्टेम्बरकाे दिन दार्जिलिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले रैली अनि विराट जनसभा आयोजना गर्ने भएको छ। उक्त कुराको घोषणा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले गरेका छन्। आगामी २४ सेप्टेम्बरकाे दिन दार्जिलिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले विराट रैली अनि जनसभा आयोजना गर्नेछ। आज पार्टी अध्यक्ष अनित थापाले भारतीय गोर्खा युवा शक्तिको तेस्रो स्थापना दिवसको सम्बोधनमा घोषणा गरेका छन्। विराट रैली कमानवासीको अधीनमा रहेको सम्पूर्ण जमीनको हक अनि अधिकार दिलाउने पट्टाको मांग लिएर हुनेछ भनी थापाले बताएका छन्। यस विषयमा अनित थापाले भने, “आगामी २४ सेप्टेम्बरकाे दिन दार्जिलिङमा “हाम्रो जमीन,हाम्रो नाममा हुनुपर्छ” भन्ने सन्देश सरकारको कानमा पुर्याउन रैली अनि जनसभा हुनेछ। सरकारले पनि देख्नु सकोस् कि यो भीडले अधीनमा रहेको सम्पूर्ण जमीनको अधिकार माग्दैछ। मैले गृह सचिव, भुटूमि अनि भूमि सुधारका सचिवसँग भेटेर सिङ्गो पट्टाको निम्ति डायलग शुरु गरी सकेको छु। तर सरकारलाई एकपल्ट मात्र भनेर हुँदैन। बारम्बार भन्नुपर्छ। सरकारलाई हामीले देखाउनु पर्छ कि पहाडको कतिजना मानिसको सिङ्गो जमीनको पट्टा पाउने आकांक्षा रहेछ। यो लडाई मेरो मात्र होइन, सम्पूर्ण कमानवासीको लडाई हो।”
आगामी २४ सेप्टेम्बरकाे दिन सम्पूर्ण कमानवासीलाई पनि त्यस दिन हुने रैली अनि जनसभामा भाग लिई दिने निवेदन गर्दै थापाले भने, “तपाईहरुको निम्ति लड्दैछु। यो लडाई अब हामी एकसाथ मिलेर लड्नु पर्छ। यो भागोप्रमो पार्टीको मात्र मुद्दा होइन, हरेक कमानवासीको आकांक्षा हो। सरकारले देख्नु सक्नुपर्छ यहाँ कतिजना मानिसको आकांक्षा रहेछ। आफ्नो जमीनको अधिकारको कुरा हो। सरकारले दिने चीज सरकारलाई नै माग्नुपर्छ। सरकारले हामीलाई हाम्रो अधिकार अवश्य दिनेछ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement