भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्ला समितिमा फेरबदल

IMG-20230916-WA0240.jpg

बिनय घिसिङ बने जिल्ला अध्यक्ष

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्ला समितिमा फेरबदल गरिएको छ। उक्त जिल्ला समितिको अध्यक्षको भार बिनय घिसिङलाई दिइएको छ। भागोप्रमो कालेबुङ जिल्ला समितिको अध्यक्ष पदको पदभार सम्हालेपछि विनय घिसिङले भने, “पार्टीले यत्रो ठूलो जिम्मेवारी दिनुभयो। मप्रति पार्टीको विश्वास अनि आस्था ठान्छु। पार्टी अध्यक्ष अनित थापा अनि विधायक रुदेन सादा लेप्चाप्रति कृतज्ञ छु। म एक्लैले समिति चलाउने होइन। हामी टीम भएर नै काम गर्नेछौं। भागोप्रमोलाई कालेबुङ जिल्लाको कुना कुनामा सांगठनिक रूपमा स्थापित गर्नेछौं। भागोप्रमोको सोचलाई मानिसहरूको मनको ढुकढुकी बनाउनेछौं।”
जिल्ला अध्यक्ष रहेका सीबी गुरुङ केन्द्रीय सांगठनिक सचिव बनिएका छन्। त्यसरी नै युवा शक्तिका अध्यक्ष रहेका बारूद थापालाई जिल्ला समितिका महासचिव बनाइयो। कालेबुङ जिल्लाका युवा शक्तिका अध्यक्ष, सभासद दावा तेन्जी शेर्पा बने भने सन्तोष भुजेललाई उपाध्यक्षको भार सुम्पियो। विधान चामलिङलाई महासचिव बनाइएको छ जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement