पटना: प्रधानमन्त्री नरेन्द्र मोदी एकदिने भ्रमणका लागि आज बिहार विधानसभाको शतवार्षिकी समापन समारोहमा सहभागी हुन गएका छन्। उनको कार्यक्रममा सहभागी हुन बिहारका विधायक, एमएलसी र पूर्व विधायकहरूलाई पनि निमन्त्रणा पठाइएको थियो। तयारीका बीचमा अधिकारीहरूले ठूलो गल्ती गरे, जुन प्रधानमन्त्रीको भ्रमणअघि चर्चाको विषय बन्यो। प्रधानमन्त्रीको भ्रमणको निमन्त्रणा पठाउँदा अधिकारीहरूले उत्तर बिहारका एक पूर्व विधायकलाई पनि निमन्त्रणा पठाए, जसको चार वर्ष पहिले मृत्यु भएको थियोl पूर्व विधायक अब्दुल पायमीका परिवारका सदस्यहरूले उनको नाममा निमन्त्रणा पत्र पाएपछि उनीहरू छक्क परे। यसप्रति क्षेत्रका कांग्रेस कार्यकर्ताले पनि आश्चर्य व्यक्त गरेका छन्।
अब्दुल पायमीले सन् १९८० को दशकमा मधुबनीको लौकाहा विधानसभा क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए। चार वर्षअघि उनको मृत्यु भएको थियो। कांग्रेसका जिल्ला सभापति शीतलम्बर झाले भने, ‘पायामी साहबको नाममा निमन्त्रणा पत्र आएपछि हामी छक्क पर्यौँ, उनी अब हामी माझ सँग छैनन् भन्ने सभाका पदाधिकारीले थाहा पाउनुपर्छl’