हाम्रो पार्टी भनेको जनताको पार्टी हो र जनताको सेवा हाम्रो लक्ष्य: रेश्मा गुरूङ
दार्जीलिङ: हाम्रो पार्टी भनेको जनताको पार्टी हो र जनताको सेवा हाम्रो लक्ष्य हो भनी हाम्रो पार्टी दार्जीलिङ महकुमा समितिको सह सचिव रेश्मा गुरूङले बताएकी छन्।दार्जिलिङको सुपर मार्केटमा आज हाम्रो पार्टी दार्जीलिङ महकुमा समिति कार्यालयको उदघाटन विधिवत उदघाटन सम्पन्न गरिएको छ। उक्त उदघाटन समारोहमा केन्द्रीय अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै त्यसरी नै महकुमा समिति अध्यक्ष पूरण तामाङ, उपाध्यक्ष अलतमस, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ आदि उपस्थित रहेका थिए।

कार्यक्रमको शुभारम्भ पार्टीको शीर्ष नेतृत्वहरूको बाहुलीद्वारा राष्ट्रपिता महात्मा गाँधीको तस्वीरमा दीप प्रज्वलन गरियो। उदघाटन समारोहलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी महकुमा समितिको सह सचिव रेश्मा गुरूङले हाम्रो पार्टी भनेको जनताको पार्टी हो अनि हाम्रो पार्टी गठन हुनको मुख्य कारण जनताको सेवा कार्य गर्न हो भनी बताइन्। उनले भनिन् -हाम्रो पार्टी महकुमा समितिको कार्यलय सुपर मार्केटमा रहेको छ अनि सुपर मार्केटदेखि केही माथि मात्र जिल्ला अस्पताल ईडेन अस्पताल रहेको छ, गाउँ बस्ती, ग्रामिण क्षेत्र एंव शहरीय क्षेत्रहरूबाट विमारीहरू लिएर आउँछन,परेको समयमा उनीहरू कहाँ अनि कता सहयोग खोजाउँ भनेर बसी रहेको हुन्छ यस्तो स्थितिमा उनीहरूलाई सहयोगको हात बडाउँन हाम्रो पार्टीले यहाँ कार्यालय बसाएको हो।

सुपर मार्केट शहरको वीच स्थानमा परेको हुनाले गाउँ बस्ती,चिया बगान आदि क्षेत्रहरूबाट बजार पाट गर्न आएकाहरूलाई थकाई मार्ने स्थान बन्न सकोस भन्ने हेतुले हामीले यहाँ कार्यलय बसाएको हो यति मात्र होइन हाम्रो पार्टीको यो कार्यलयले गाउँ बस्ती,चिया बगान,सिन्कोना बगान अनि शहरलाई जोडन सकोस भन्ने हाम्रो सोच रहेको छ भन्ने रेश्मा गुरूङले बताइन्।