दार्जीलिङ: जनताको एकता अघि सत्ता केही होइन भन्ने प्रमाण पाँच डेसिमल पट्टाको विषयले दिएको छ भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। आज हाम्रो पार्टी दार्जीलिङ महकुमा समितिको कार्यालय उदघाटन समारोहमा पार्टी अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित भएर उक्त कुरा बताएका छन्।उदघाटन समारोहलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष अजय एडवाडर्सले हाम्रो पार्टी भनेको जाति भनेपछि मरिहत्ते गर्ने पार्टी रहेको बताए। उनले भने, जब जब गोर्खा जातिमाथि आपत र संकट जस्ता विपतहरू आईपर्छ। तब तब हाम्रो पार्टी जातिको निम्ति निडर भएर खडा हुनेछ। हाम्रो पार्टीमा धेरै खुशीको दिनहरू पनि आयो। त्यसरी नै दु:खको दिनहरू पनि आयो।’
उनले अघि भने, आज हामीसंग जे जति छन् उनीहरूले हाम्रो पार्टीको मूल्य बुझेको छ। हाम्रो पार्टीको भिजन बुझेको छ र नै उनीहरू हामीसंग छ। तपाईहरूले आफ्नो नीति स्वार्थ हेर्नु भएको भए आज तपाईहरू यहाँ हामीसंग हुने थिएन। पहाडको विकल्प भनेको नै हाम्रो पार्टी हो,त्यसैले आज हाम्रो पार्टीसंग जोडिनेहरूको संख्या दिन प्रतिदिन बडदै जान्दैछ।’
पार्टीको संस्थापक कार्यकर्ताहरूको प्रशंसा गर्दै एडवर्डले भने, तपाईहरूबिना हामी केही होइनौं। गणतन्त्र देशमा सत्ता पक्षभन्दा महत्वपूर्ण विपक्षी हो। विपक्षीबिना गणतन्त्र हुँदैन तपाई हामीसंग दु:ख छ। तर हामी सम्मानको साथ बाचेका छौं। दार्जीलिङ नगरपालिका क्षेत्रको जनताले हाम्रो पार्टीलाई मत दिएको हो। तर पहाडको सत्ता पक्ष पार्टीको नेतृत्वहरूले रूपियाँ पैसाको प्रलोभनमा हाम्रो पार्टीको बोर्ड लडाउने काम गरयो। त्यसरी नै जीटीए सभाको चुनावमा हाम्रो पार्टीले जून जून समष्टिहरूमा जीत हाँसिल गरेको छ त्यो समष्टिहरूको विकाशको निम्ति फुटेको कौडी समेत दिएको छैन। हाम्रो नगरपार्षदहरू अनि सभासदहरूलाई हेलचेक्राई गर्ने कामहरू गर्दैछ। सत्ता पक्षको नेताले अघिबाटै भनी सकेको छ कि जहाँ जहाँ हामीले जितेका छौं। त्यहाँ त्यहाँ मात्र विकाश गर्छु समेत भनी सकेको छ। त्यो नेताले भनेको वचन आजसम्म कार्य रूपमा परिणत गरेर हजारौं जनताहरूलाई यातना दिने काम गर्दैछ भन्ने अध्यक्ष एडवाडर्सले बताए। उनले अझ भने, जब जनता एकबद्व हुन्छ त्यसको परिणाम के हुन्छ भन्ने प्रमाण पाँच डेसिमल पट्टाले प्रमाणित गरी सकेको छ। पहाडको सत्ता पक्षले सरकारद्वारा जारी गरेको पाँच डेसिमल पट्टालाई थोप्ने काम गर्दै थियो तर जनताले त्यसलाई अस्वीकार गरेपछि आज सरकारले त्यसलाई स्थगित गर्न बाध्य भए को छ। जब जनता एकबद्व हुन्छ, मै हुॅ भन्ने नेताले पनि घुडा टेक्न बाध्य हुन पर्छ भन्ने आज सबैको आखाँ अघि स्पष्ट भएको छ।’