श्रमिकहरूलाई आपत पर्दा जोइण्ट फोरम चट्टान भएर उभिनेछ: डीके गुरूङ

IMG-20230916-WA0261.jpg

दार्जीलिङ: श्रमिकहरूलाई जब जब आपत पर्छ तब तब जोइण्ट फोरम चट्टान भएर उभिएको हुनेछ भनी हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्। पाँच डेसिमल पट्टाको अधिसूचना सरकारले अविलम्ब खारिज गरेर चिया श्रमिकहरूको सबै जमीनहरूको पर्जा पट्टा दिनुपर्छ भन्ने मांग लिएर जोइण्ट फोरमले आज शहरमा विराट रैली निकाल्यो। शहरको जीडीएनएस मैदानबाट निकालिएको रैलीले शहरको परिक्रमण गरेपछि चौक बजारमा पथ सभामा परिणत भयो। उक्त पथ सभालाई सम्बोधन गर्ने कममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले जब जब श्रमिकहरूलाई आपत पर्छ तब तब जोइण्ट फोरम श्रमिकहरूको पक्षमा चट्टान भएर उभिनेछ। उनले अघि भने, राज्य सरकारको भूमि सुधार विभागले चिया श्रमिकहरूलाई पाँच डेसिमल पट्टा दिने अधिसूचना जारी गरेर सर्वेको कार्य शुरू गरेको थियो। हामी जोइण्ट फोरमले पाँच डेसिमल पट्टा चिया श्रमिकहरूको हितमा नरहेको बताउँदै आएका थियौं।हाम्रो कुरामा सत्यता पाएपछि श्रमिकहरूले चिया बगान बगानहरूमा हामीलाई निम्ताउँदै समस्त चिया श्रमिकहरूलाई पाँच डेसिमल पट्टाको सत्यताबारे जानकारी गराउने अनुरोधहरू गर्न थाल्दा पहाडको सत्ता दलको नेतृत्वहरूलाई यी विषयहरूले घोच्न थालेपछि जोइण्ट फोरमको विरोधमा नाना थरिको आरोपहरू लगाउन थाले। यतिले पनि नपुग्दा जोइण्ट फोरमको नेतृत्वहरूमाथि प्राण घातक आक्रमण समेत गरयो। पहाडको सत्ता दलको नेतृत्वहरूले हामीले पहाडमा गणतन्त्र ल्याएको छौं। नयाँ सोच र नयाँ विचारहरू पहाडमा ल्याएका छौं भन्ने जस्ता धाक लगाउने गर्छन्। जनतालाई सत्य कुरा बताउँदा उनीहरूमाथि प्राण घातक आक्रमण गर्नु तपाईहरूको नयाँ सोच र नयाँ विचार यस्तै हो?विपक्षी नेतृत्वहरूमाथि प्राण घातक आक्रमण गर्नु तपाईहरूले ल्याएको गणतन्त्र हो?’ उनले अझ भने, तपाईहरूले जे गर्नु हुन्छ गर्नु होस् तर हामी श्रमिकहरूको पक्षमा बोल्न छोडने छैनौं। जब जब श्रमिकहरूलाई आपत आईपर्छ तब तब हामी खडा हुनेछौं। राज्य सरकारले जारी गरेको पाँच डेसिमल पट्टा श्रमिकहरूको निम्ति घातक छ। राज्य सरकारले यो अधिसूचना खारिज गर्नैपर्छ अनि चिया श्रमिकहरूको अधीनमा रहेको सबै जमीनहरूको पर्जा पट्टा दिनुपर्छ।’
हाम्रो पार्टीको ट्रेड युनियन भने, सत्ता दलको एकजना शीर्ष नेतृत्व एंव अधिवक्ताले भन्दै थियो पहाडको चिया बगानहरूमा सरदारहरूले श्रमिकहरूलाई बाहिरबाट ल्याएका थिए तर हाम्रो पिता पूर्खाहरू बाहिरबाट आएको होइन। हामी हाम्रो जमीनसंगै यहाँ आएको हौं। यसमा कुनै सन्देह छैन। हामीलाई सन्देहको नजरले हेर्ने गर्छ। यस्ता नेतृत्वहरूको यस्तो बयानले रूख चढने बाँदरलाई लिस्नु दिने काम गरेको छ। हामी यस्ता बयान एंव मन्तब्यहरूको घोर विरोध गर्नेछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement