१२ जुलाईः मुम्बई सिटी एफसीले मंगलवार घोषणा गरे अनुसार, इण्डियन सुपर लीग (आईएसएल)-को अन्य एउटा फ्रेञ्चाइजी ओडिशा एफसीले मीडफिल्डर विनीत चामलिंग राईलाई लोनमा आउँदो सत्रको निम्ति पनि उनीहरूसँग कायम राख्ने अनुमति दिएको छ। चौबीस वर्षीय विनीत राई अब २०२२-२३ सत्रको अन्तसम्म मुम्बई सिटी एफसीमा रहनेछन्। असममा जन्मिएका विनीत राई जनवरी २०२२-मा लोनमा ओडिशा एफसीबाट मुम्बई सिटी एफसीमा गएका थिए। विनीतले २०१६-मा आफ्नो आईएसएल करियरको शुरुवात गरेका थिए। त्यसपछि उनले केरल ब्लास्टर्स, भंग भइसकेको दिल्ली डायनामोज र ओडिशा एफसीबाट ७९ वटा म्याच खेलिसकेका छन्।









