कोलकाता: बीसीसीआईका पूर्व अध्यक्ष तथा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीले मिदनापुरको शालबनी क्षेत्रमा २५०० करोड रुपियाँको स्टिल कारखाना स्थापना गर्न लागेका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले स्पेनको म्याड्रिडमा स्पेनका व्यापारीहरूसँगको भेटपछि पत्रकारहरूलाई सौरभले यस्तो बताएका हुन्। यसका लागि छिट्टै काम हुने उनले बताए। उनले मुख्यमन्त्री ममता ब्यानर्जीसँग महत्वपूर्ण भेट गरेका थिए। यसपछि सौरभ गांगुलीले शुक्रबार यसको घोषणा गरेका हुन्।