स्व. कुमार चौहान स्मृति पुरस्कार यस वर्ष रघुबीर बस्ती प्राथमिक पाठशालाका पूर्व शिक्षक बीबी कार्कीलाई प्रदान

IMG-20230916-WA0246.jpg

सोनादा: आज सोनादा न्यु लाइट क्लब सार्वजनिक भवनमा हिमालयन अवकाशप्राप्त प्राथमिक शिक्षक कल्याण समितिको तत्वाधानमा स्व कुमार चौहान स्मृति पुरस्कार एवम् ७० बर्ष पार गरेका सङ्गठनका सदस्यहरूलाई सम्बर्द्धना जनाइयो। आजको यस समारोहमा तीन वयोवृद्ध अवकाशप्राप्त शिक्षकहरूलाई सङ्गठनको तर्फबाट सम्बर्द्धना जनाइयो। एआई स्कूलबाट त्रीनेशा लामा, सभासद जीटीए नुरी शेर्पा, सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभाषद अनोस थापा, जीटीए सभाका उपाध्यक्ष राजेश चौहान लगायत अवकाश प्राप्त शिक्षक/शिक्षिकागण, विभिन्न सामजका प्रतिनिधिहरूका उपस्थिति रहेको थियो। सङ्गठन साथै स्व कुमार चौहानका परिवारको पक्षमा राजेश चौहानको तर्फबाट उनका स्वर्गीय बाबा कुमार चौहानको स्मृतिमा बटवर्षेनी प्रदान गरिने पुरस्कार यस वर्ष रघुबीर बस्ती प्राथमिक पाठशालाका पूर्व शिक्षक बीबी कार्कीलाई प्रदान गरियो। उनलाई यस अनसरमा स्मृति चिन्ह, अङ्ग वस्त्र साथै नगद प्रदान गरियो। कार्यक्रममा सोनादा क्षेत्रबाट साना साना नानीहरुले नृत्य प्रस्तुत गरेका थिए भने गायक गायिकाहरूबाट गीत पनि प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement