असाधारण क्यामेरा र अन्य फीचर्सको साथमा ऑनर ९० ५जी(5G) भारतमा लञ्च

Left-to-RightLaunch-of-HONOR-90-5G-with-Mr.-CP-Khandelwal-SVP-HTech-and-Mr.-Sreehari-Product-Manager-HTech.jpeg

१६ सेप्टेम्बरः ऑनर (Honor) ले आफ्नो नयाँ स्मार्टफोन ऑनर ९० ५जी भारतमा लञ्च गरेको छ। कम्पनीले आफ्नो भारतीय साझेदार एचटेक (HTech)-सँग मिलेर नयाँ डिवाइस पेश गरेको छ। फोनमा २०० मेगापिक्सलको मुख्य रियर क्यामेरा, ५० मेगापिक्सेल फ्रण्ट क्यामेरा, ५००० एम एच ब्याट्री, ६.७ इञ्चको क्वाड कर्भ फ्लोटिंग डिस्प्ले जस्ता मुख्य विशेषताहरू छन्। ऑनर ९० ५जी मा क्वालकॉम को स्नैपड्रैगन ७ जेन १ प्रोसेसर छ, जसमा ८ र १२ जीबी र्याम को सपोर्ट छ। हामी यस फोनको मूल्य र स्पेशिफिकेशन्सबारे चर्चा गरिरहेका छौंः
ऑनर ९० ५जी को भारतमा मूल्य र उपलब्धताः
यो स्मार्टफोन एमराल्ड ग्रीन, डायमण्ड सिल्भर र मिडनाइट ब्ल्याक गरी तीनवटा रंगमा उपलब्ध छ। ऑनर ९० ५जी को ८+२५६ जीबी भेरिएण्टको मूल्य भारतमा ३७,९९९ रुपियाँ छ। यसको १२+५१२ जीबी भेरिएण्टको मूल्य ३९,९९९ रुपियाँ छ। केही प्रारम्भिक प्रयोगकर्ताहरूले अर्ली बर्ड मूल्यमा क्रमशः २७,९९९ र २९,९९९ रुपियाँमा यो फोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
ऑनर ९० ५जी को पहिलो सेल एमाज़ॉन मा सेप्टेम्बर १८ मा दिउँसो १२ बजी शुरु हुनेछ। ई-कमर्स साइटले पनि २,००० रुपियाँको एक्सचेञ्ज छुट प्रदान गर्दैछ। खरीददारीको समयमा, आईसीआईसीआई र एसबीआई कार्ड प्रयोगकर्ताहरूले ३,००० रुपियाँको अतिरिक्त तत्काल छुट प्राप्त गर्न सक्नेछन्। आवश्यक भए ह्यान्डसेट ३० दिन भित्र एक्सेञ्ज पनि सकिन्छ।
ऑनर ९० ५जी को प्रमुख स्पेशिफिकेशन्सः
ऑनर ९० ५जी मा ६.७ इञ्चको क्वाड कर्भ फ्लोटिंग डिस्प्ले छ, जसले १२०एचजेड सम्म रिफ्रेस रेटलाई समर्थन गर्दछ। यो येमोलेड प्यानल हो, जसको रिजोल्युसन २६६४X१२०० पिक्सल छ। फोनको पीक एचडीआर ब्राइटनेस १६०० निट्स छ। यो डिस्प्ले एचडीआर १० प्लस प्रमाणित र नेटफ्लिक्स को लागि एचडीआर प्रमाणित छ। यो फोनमा ३८४० हर्ट्ज पीडब्लुएम डिमिङ टेक्नोलोजी प्रयोग गरिएको हुनाले आँखालाई कुनै खतरा हुँदैन ।
ऑनर ९० ५जी एक हल्का डिवाइस हो। यसको ओजन केवल १८३ ग्राम छ। यसको पछाड़ि दुईवटा छुट्टै क्यामेरा बम्पहरू छन्, जसको भित्र रियर क्यामेरा जड़ान गरिएको छ। ऑनर ९० ५जी मा क्वालकॉम को क्वालकॉम स्नैपड्रैगन ७ जेन १ प्रोसेसर छ। यसमा ८ जीबी र १२ जीबी एलपीडीडीआर ५ र्याम को लागि सपोर्ट छ। इण्टरनल स्टोरेज ५१२ जीबी सम्म छ।
ऑनर ९० ५जी मा ट्रिपल रियर क्यामेरा सेटअप छ। मुख्य क्यामेरा २०० मेगापिक्सल छ। यसबाहेक १२ मेगापिक्सलको अल्ट्रा वाइड र म्याक्रो क्यामेरा र डेप्थ क्यामेरा रहेको छ। २०० एमपी मुख्य रियर क्यामेरामा १/१.४ इञ्च सेन्सर छ। सुन्दर सेल्फीको निम्ति फोनमा ५० मेगापिक्सेलको फ्रण्ट क्यामेरा छ।
५०००एमएएच ब्याट्री भएको ऑनर ९० ५जी को बक्समा कुनै चार्जर उपलब्ध छैन। ऑनर ले भारतीय प्रयोगकर्ताहरूलाई छुट्टै ३०वाट को चार्जर उपलब्ध गराउने बताएको छ। यो स्मार्टफोन एण्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.१ मा चल्छ। अन्य सुविधाहरूको बारे कुरा गर्दा ५जी कनेक्टिविटी बाहेक यो फोनमा एनएफसी सपोर्ट, इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र यूएफएस ३.१ सुविधाहरू छन्। कम्पनीले २ वर्षको सफ्टवेयर र ३ वर्षको सेक्युरिटी प्याच अपडेट अफर गरिरहेको छ।

यस लञ्चबारे एचटेक-का सीईओ माधव शेठले भने, “एचटेक-मा हामी भारतीय उपभोक्ताहरूका लागि अत्याधुनिक टेक्नोलोजी र आत्मनिर्भर परिवेशको साथ एउटा बलियो ब्राण्ड फिर्ता ल्याउने उपलब्धि बारे उत्साहित छौं। उपभोक्ताहरूलाई अग्रणी टेक्नोलोजी प्रदान गर्नमा केन्द्रित रहँदै ऑनर लगातार डिस्प्ले टेक्नोलोजी, ब्याट्री टेक सफ्टवेयर र आर्टिफिसियल इण्टेलिजेन्समा इनोवेशन ल्याउने दिशामा काम गरिरहेको छ। जुन सशक्त अनुसन्धान अनि विकास क्षमताहरूमाथि आधारित छ। ऑनरको मजबूत नेटवर्क र भ्याल्यू चेनको उपयोग गरी हामी ऑनर ९० ५जी को साथ भारतमा आफ्नो पहिलो स्मार्टफोन लञ्च गरिरहेका छौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement