मिरिकः मिरिक राङभाङ भेल्ली होम स्टे अनर एसोसिएसनको आयोजनामा आगामी २७ सितम्बरको दिन मिरिक महकुमा को सुन्दर अनि रमणीय मिलिकथुंग गाउँमा विश्व पर्यटन दिवस भब्यरुपमा पालन गर्ने जानकारी एसोसिएसनका मुल सचिव कल्याण राईले दिनुभएको छ। राईने यस बर्ष विश्व पर्यटन दिवसको थिम “टुरिजम एन्ड ग्रीन इन्भेस्टमेन्ट “रहेको जानकारी दिँदै मिलिकथुङमा पर्यटन दिवस मनाउनुको मुल उदेश्य भारत नेपाल सिमामा रहेको रमणीय असले झर्नाको व्यापक प्रचार-प्रसार गर्ने, स्थानीय खमारे पहाडलाई पर्यटकहरूको थप आकर्षणको केन्द्र बनाउने तथा क्षेत्रमा ग्रामीण पर्यटनलाई प्रोत्साहन र बिकसित गर्न हेतु होम स्टे बिस्तारप्रति स्थानीय नागरिकहरूमा सचेतता जगाउनु रहेको छ। यस कार्यक्रममा पर्यटन सरोकारी, होम स्टे सञ्चालकबर्ग लगायत महकुमाका सरकारी अधिकृत, जिटिए चेयरमेन, पर्यटन बिभागिय कार्याकारी सभासद, पञ्चायत समिति अध्यक्ष, पञ्चायत समिति सदस्यगण, ग्राम पञ्चायत सदस्यो लगायत अन्य बिशिस्ट अतिथिको रुपमा निमन्त्रणा गरिइने जानकारी महासचिव राईले दिनु भएको छ। यस अवसरमा देश र समाजको लागि अतुलनीय योगदान दिने बिशेष ब्यक्तित्वहरूलाई सम्मानित गरिइने कार्यक्रम रहेको छ।