भारतले पाकिस्तानसँग द्विपक्षीय क्रिकेट सीरीज नखेल्ने

IMG-20230916-WA0136.jpg

१६ सेप्टेम्बरः श्रीलंकामा एशिया कपको फाइल आइतवार हुनेछ। त्यसपछि भारतको आयोजनमा आउँदो महिनादेखि आईसीसी वनडे वर्ल्ड कप शुरु हुनेछ। यसबीच केन्द्रीय खेल मन्त्री अनुराग ठाकुरले भारत र पाकिस्तानबीच द्विपक्षीय क्रिकेट सीरीजबारे ठूलो बयान दिएका छन्। एउटा कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा अनुराग ठाकुरले पाकिस्तानको तर्फबाट आतंकवाद र सीमापारीबाट घुसपैठमाथि रोक नलगाइएसम्म भारतले द्विपक्षीय सीरीज नखेल्ने स्पष्ट गरे। खेल मन्त्रीले भने, बीसीसीआईले धेरै अघि नै फसेला लिइसकेको । पाकिस्तानले आतंकवाद, सीमा पारीबाट हमला र घुसपैठ बन्द नगरेसम्म हामी कुनै द्विपक्षीय सीरीज खेल्नेछैनौं। मेरो विचारमा सम्पूर्ण देश अनि जनताको भावना पनि यस्तै रहेको छ। खेल मन्त्रीको यो बयान अनन्तनागमा भएको एनकाउण्टरपछि आएको छ, जसमा भारतका तीनजना अफिसरले ज्यान गुमाएका छन्। यस घटनापछि पूरा देशमा पाकिस्तानलाई लिएर रिस र क्षोभको माहोल छ। भारतले पाकिस्तानसँग साल २०१२ पछि कुनै द्विपक्षीय सीरीज खेलेको छैन। भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एशियाई क्रिकेट परिषद (एसीसी)-को टुर्नामेण्टहरूमा मात्र खेल्ने गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement