हेनरिक क्लासेनको तूफानमा डुब्यो अष्ट्रेलिया

IMG-20230916-WA0124.jpg

१६ सेप्टेम्बरः अष्ट्रेलिया विरुद्ध चौथो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा दक्षिण अफ्रिकी खेलाड़ी हेनरिक क्लासेनले तहलका मचाए। सेञ्चुरियनको सुपरस्पोर्ट पार्कमा खेलिएको म्याचमा यस विकेटकीपर ब्याटरले अष्ट्रेलियन बलिंग आक्रमणलाई माटोमा मिलाएर १७४ रनको विध्वंशी ईनिंग्स खेले। यसैको फलस्वरूप दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ४१६ रनको विशाल स्कोर बनायो। क्लासेनले ८३ बल खेलेर १३ वटा छक्का र १३ वटा चौकाको साथ १७४ रन बनाए। यस म्याचमा एकाधिक रेकर्ड पनि बनियो। दक्षिण अफ्रिकी ईनिंग्सको २१औं ओभरमा ९५ रनमा दोस्रो विकेटको पतनपछि मैदानमा ओर्लिने क्लासेनले शुरुदेखि नै आक्रामक शट्हरू खेल्न थाले। अष्ट्रेलियाई बलरहरूलाई भरपूर शास्ती दिँदै उनले केवल ५७ बलमा आफ्नो शतक पूरा गरे। अष्ट्रेलिया विरुद्ध वनडे क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो दोस्रो सबैभन्दा तेज शतक हो। यसअघि विराट कोहलीले २०१३-मा जयपुर वनडेमा केवल ५२ बलमा शतक बनाएका थिए।
क्लासेन टीमको निम्ति पाँचौं नम्बरमा ब्याटिंग गर्न ओर्लिए। यस पोजिशनमा खेल्दै उनले वनडे इण्टरनेशनल क्रिकेटमा दोस्रो सर्वाधिक निजी स्कोरको रेकर्ड पनि आफ्नो नाम गरे। पाँचौं नम्बरमा खेल्दै सर्वाधिक स्कोरको रेकर्ड भारतका महान अलराउण्डर कपिल देवको नाममा रहेको छ, जसले १९८३ वर्ल्ड कपमा जिम्बाब्वे विरुद्ध अविजित १७५ रन बनाएका थिए। क्लासेनले शुक्रवार राति आफ्नो विध्वंशी शतकको अवधि जम्मा २६ वटा बाउण्ड्री लगाए, जसमा १३ वटा छक्का सामेल छ। यसको साथै उनी दक्षिण अफ्रिकाको तर्फबाट कुनै एउटा वनडे म्याचमा दोस्रो सर्वाधिक छक्का लगाउने खेलाड़ी बने। दक्षिण अफ्रिकाको तर्फबाट एबी डीभिलियर्सले २०१५-मा वेष्ट इण्डिज विरुद्ध आफ्नो रेकर्डतोड़ ईनिंग्सको अवधि १६ वटा छक्का लगाएका थिए।
यस म्याचा क्लासेनले डेविड मिलरसँग मिलेर अन्तिम ९ ओभरमा ताण्डव मच्चाए। यी दुईले मिलेर ईनिंग्सको अन्तिम ५४ बल अर्थात ९ ओभरमा १६४ रन ठोके। यस अवधि १४ वटा छक्का र ११ वटा चौका लाग्यो। क्लासेनको विध्वंशी शतकको दममा दक्षिण अफ्रिकाले ४१६ रन बनायो। वनडे इण्टरनेशनल क्रिकेटको इतिहासमा २४औं पल्ट कुनै टीमले ५० ओभरमा ४०० या त्यसभन्दा अधिकको स्कोर बनायो। यसमा दक्षिण अफ्रिकाले सर्वाधिक ७ पल्ट यस्तो गरेर देखाएको छ। आफ्नो शतकीय ईनिंग्सको अवधि क्लासेनले विशेषगरी अष्ट्रेलियन लेग स्पिनर एडम जाम्पालाई पिट्नसम्म पिटे। जाम्पाले १० ओभर बलिंग गरी ११३ रन खर्च गरे। यसको साथै उनले कुनै एउटा वनडे म्याचमा सर्वाधिक रन खर्च गर्ने आफ्नै देशका पूर्व पेस बलर मार्क लुईसको बराबरी गरे। यस म्याचमा क्लासेनले डेविड मिलरसँग मिलेर वनडे इण्टरनेशनल क्रिकेटको इतिहासमा सबैभन्दा तेज दोहोरो शतकीय पार्टनरशीपको रेकर्ड पनि बनाए। यी दुईले मिलेर पाँचौं विकेटको निम्ति ९२ बलमा २२२ रनको पार्टनरशीप गरे। यस अवधि यी दुईले १४.४७ रन प्रति ओभरको हिसाबले रन बटुले। यी दुईले ईंग्ल्याण्डका जोस बटलर र ईयोन मोर्गनको रेकर्ड तोड़े। बटलर र मोर्गनले २७ फरवरी २०१९-मा वेष्ट इण्डिज विरुद्ध चौथो विकेटको निम्ति १२२ बलमा २०४ रनको पार्टनरशीप गरेका थिए। यस अवधि यी दुईले १०.०३ रन प्रति ओभरको गतिमा रन बनाएका थिए। शुक्रवार खेलिएको म्याचमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १६४ रनले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement