दार्जिलिङ: दार्जिलिङमा सम्पन्न जीटीए सभाको शपद ग्रहण समारोहमा बोल्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मणिपुरको पैह्रोमा परेर शहीद बनेका जवानहरूका परिवारलाई २ लाख रुपियाँ गरेर नगगराशि अनि साथमा प्रत्येक परिवारको एकजनालाई सरकारी नोकरी दिने घोषणा गरेकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङको चौरास्तामा सम्पन्न शपद ग्रहण समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएकी छन्। मुख्यमन्त्री ममताले म पहाड़लाई डिस्टर्ब गर्न चाहादिनँ तर पहाड़मा विकास भएको हेर्न चाहेको बताइन्। उनले दार्जिलिङ पहाड़मा राम्रो मानिसहरू रहेको बताउँदै पहाड़मा शान्ति छाए मात्रै विकास हुन सक्ने पनि जनाइन्।

मुख्यमन्त्रीले अहिले पर्यटनको पहिलो सिजनमा धेरै पर्यटकहरू पहाड़ आएको र पर्यटकहरूलाई पहाड़मा इन्जोय गर्न दिने आह्वान् गरिन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी शपद ग्रहण समारोहमा सहभागी हुनलाई हिज पहाड़ आएकी थिइन्। उनी भोलि पनि पहाड़मा रहेर आदि कवि भानुभक्त आचार्यको जन्म जयन्तीमा पनि सामेल हुने भएको छ। आज दार्जिलिङको चौरास्तामा जीटीएको ४५ जना सभासदहरूले मुख्यमन्त्री ममता ब्यानर्जीक उपस्थितिमा शपथ ग्रहण गरेका छन्।

यसमा मुख्य रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा, हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड, तृणमूल कंग्रेसको नेता बिनय तामाङ लगायत अन्यहरूले जीटीएको सभासदको रुपमा शपद ग्रहण गरेका छन्।