हामीलाई २०२४ मा ३२ मा ३२ सीट जित्न कसैले रोक्नेवाला छैनः पीएस तामाङ

n5381051981694800221223bfdd0a81ebf9792b0a8e82e9fb51d466890ee12879ccd89824625075355b7bb4.jpg

राभाङ: एसकेएम पार्टीले सत्रुताशून्य र समावेशी राजनीति गरेका कारण २०२४ को चुनाउ सहजै जित्ने एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पीएस तामाङले दाबी गरेका छन्।

पार्टीले व्यक्तिगत दुश्मनी नराखी सिद्धान्त आधारित तथा जनसेवाको राजनीति गरेका कारण २०२४ मा कतिपय निर्वाचन क्षेत्रमा त प्रचार नै नगरी चुनाउ जित्ने उनले ठोकुवा गरे।

आज शुक्रवार दक्षिण सिक्किमको राभाङ बजारमा आयोजित बर्फुङ निर्वाचन क्षेत्रको पार्टीको मास जोइनिङ कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०१९ मा एसकेएम पार्टीसँग केही नहुँदा पनि १८ सीट जित्न सफल रहेको बताए। अहिले पार्टी धेरै मजबूत बनेका र जनताका आवश्यकतालाई ध्यानमा राखेर काम गरेका कारण सहजै चुनाउ जित्ने उनले बताए।

जानकारी गराइन्छ, आज बर्फुङ निर्वाचन क्षेत्रबाट १३ सय अधिक मानिसहरू एसडीएफ लगायत अन्य पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भएका छन्। मुख्यमन्त्रीले अब पुराना र नयाँ कार्यकर्तामाझ भेदभाव नराखी पार्टी हितमा काम गर्न कार्यकर्तालाई आग्रह गरे। उनले एसकेएमलाई कसैको पेवाको होइन जनताको पार्टी बनाउनुपर्ने आह्वान पनि गरे। उनले कुनै पनि क्षेत्रमा उम्मेदवार नबोक्न निर्देश दिॅंदै चुनाउमा पार्टीको संसदीय समितिले पठाएका उम्मेदवारलाई नै जिताउनुपर्ने जसका लागि टीम एसकेएम भएर काम गर्नुपर्ने निर्देश दिए।

उनले भाइचुङ भोटियाको नाम नलिई बर्फुङ निर्वाचन क्षेत्रबाट उनलाई जनताले फोरफिट गर्नेछन् भन्ने ठोकुवा गरे। २०१९ मा पनि भाइचुङ एसकेएमको समर्थक नरहेका कारण अहिले उनी जुनै पार्टीमा सामेल भएपनि फरक नपर्ने मुख्यमन्त्री गोलेले बताए। यता पूर्व मन्त्री डीडी भोटिया भने एसकेएमको समर्थनमा रहेको मुख्यमन्त्रीले दाबी गरेका छन्। एसकेएम पार्टीलाई भोट जित्न अब कसैलाई गाली गर्न आफूलाई आवश्यकता नरहेको र कामकै आधारमा ३२ सीट सहित चुनाउ जित्ने मुख्यमन्त्रीले बताए।

उनले सरकारी कर्मचारीको पक्षमा चार प्रतिशत डीए बढाउने र दशैंअघि वितरण घोषणा गरे, जो १ जनवरी, २०२३ देखि नै लागू हुने बताए। बढेको डीए कर्मचारीले एरियरसहित पाउने पनि उनले जानकारी दिएका छन्।

उल्लेखनीय छ, अहिले सरकारी कर्मचारीले 38 प्रतिशत डीए पाइरहेका छन् जो बढेपछि ४२ प्रतिशत हुनेछ भने यसका लागि वार्षिक १२१ करोड रुपियाँ खर्च आउने मुख्यमन्त्रीले बताएका छन्। मुख्यमन्त्रीले वान ऱ्याङ्क वान पेन्सन दिने साथै पुरानो पेन्शन व्यवस्थालाई लागू गर्ने बताए। पुरानो पेन्सन लागू गर्नका लागि सरकारद्वारा गठित समितिले रिपोर्ट बुझाइसकेको उनले जानकारी दिएका छन्।

पूर्वको एसडीएफ सरकारको कार्यकालमा २०१९ को चुनाउअघि लागेका वान फेमेली वान जबका कर्मचारी साथै एड्हक र मास्टर-रोलका कर्मचारीलाई स्थायी गर्ने मुख्यमन्त्रीले बताए। यस अवसरमा मुख्यमन्त्रीले आमा योजना, घर मरमतका लागि दिइने सरकारी योजना, सिक्किम गरीब आवास योजना लगायत सरकारको स्वास्थ्य र ग्राम विकासमा गरिरहेका विभिन्न योजना बारे जानकारी गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै एसकेएम पार्टीका महासचिव तथा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले मुख्यमन्त्रीको योगदान सिक्किम निर्माणमा महत्त्वपूर्ण रहेको बताए। कार्यक्रमलाई पूर्व मन्त्री जीएम गुरुङ साथै पार्टीमा आज सामेल भएका एसडीएफ नेता टी भोटिया लगायत अन्यले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement