मंगनमा स्वच्छ मिशन अन्तर्गत स्वच्छ रन आयोजित

IMG-20230915-WA0222.jpg

गान्तोक: स्वच्छ भारत मिशन अन्तर्गत आज मंगन जिल्लामा स्वच्छ रन कार्यक्रमको आयोजना गरियो। “स्वच्छ हि सेवा” पन्ध्र दिवसीय यस कार्यक्रम अन्तर्गत जिल्ला प्रशासनिक केन्द्रमा सचेतना दौड आयोजना गरियो भने यस दौडलाई मंगन जिल्लाका जिल्लापाल हेम कुमार छेत्रीले झण्डा हल्लाएर प्रस्थान गराए। अतिरिक्त जिल्लापाल (विकास), ग्रामीण विकास विभाग प्रकोष्ठ र खण्ड प्रशासनिक केन्द्रको संयुक्त पहलमा आयोजना गरिएको यस कार्यक्रममा जिल्लापाल छेत्री स्वंयम मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। जिल्लापालले यस भन्दा अघि स्वच्छता र सरसफाईको महत्वबारे विस्तृतरूमा जानकारी गराए। आजको यस दौडमा विभागका प्रमुख अधिकारी, कर्मचारी, विद्यार्थी र शिक्षकवर्गले पनि सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement