मन्त्री शर्माले एफपीओहरूलाई झण्डा हल्लाएर हैदारावाद प्रस्थान गराए

IMG-20230915-WA0220.jpg

गान्तोक: राज्यका कृषि, बागवानी, पशुपालन, पशुपालन, माछापालन र पशु चिकित्सा सेवा विभाग मन्त्री लोकनाथ शर्माले आज हैदारावादमा आयोजना हुने पाँच दिवसीय प्रशिक्षण कार्यक्रमको लागि राज्यबाट सीईओ र एफपीओ कार्यकारीहरूको पहिलो ब्याचलाई झण्डा हल्लाएर प्रस्थान गराए। उक्त कार्यक्रम हैदरावादको नेशनल इन्स्टिच्युट अफ एग्रिकल्चरल एक्सटेन्सन म्यानेजमेन्टमा आयोजना हुनेछ। मिशन अर्गानिक चेन डेभलोपमेन्ट नर्थ इस्टर्न रिजन र सिक्किम अर्गनिक डेभलोपमेन्ट एजेन्सीको संयुक्त पहलमा आयोजना हुने भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सर्वप्रथम सो कार्यक्रममा सहभागी बन्ने सबै सदस्यहरूलाई बधाई दिँदै उक्त कार्यक्रमबाट लाभ उठाउनु पर्ने आग्रह गरे। हैदारावदामा सम्पन्न हुने प्रशिक्षण कार्यक्रमले राज्यका एफपीओहरूलाई उत्पादन र बजार व्यवस्थापन दुवै क्षेत्रमा प्रभावकारीरूपमा लाभ पुग्नकोसाथै दिगो स्रोतको प्रयोगबाट उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पुग्ने बताए। यसले खेतीको दिगो आयस्रोतलाई सुनिश्चित गर्न थप मद्दत गर्नेछ जसको फलस्वरूप कृषि उत्पादन लागत घटाउन र कृषकको आयस्रोत बृद्धि गर्न मद्दत पुग्ने जनाए। उनले कृषि क्षेत्रमा काम गर्ने युवा व्यक्तिहरूको प्रशंसा गर्दै उनीहरूलाई सम्भव भएसम्म सहयोग गर्न र नवीन कृषि रणनीतिहरू मार्फत आफ्नो जीविकोपार्जन गर्न प्रोत्साहित गर्ने आग्रह गरे।

मन्त्रीले कृषकहरू हाम्रो समाजको मेरुदण्ड भएको र एफपीओलाई उपयुक्त तालिम दिन राज्य सरकार सदैव तत्पर रहेको बताए। मन्त्री शर्माले एफपीओ र अन्य व्यक्तिहरूलाई दीर्घकालीन लक्ष्यहरू स्थापित गर्न र किसानहरूलाई समर्थन गर्नको लागि सबै नवीनतम विचारहहरू सृजना गरेर कृषकहरूलाई समर्थन गर्नुपर्ने जानकारी गराए। यसै क्रममा विभागका सचिव जिग्मी दोर्जी भोटियाले यसरी कृषकहरूको हितमा राम्रो कार्य गरेकोमा मुख्यमन्त्री प्रेम सिंह तामाङप्रति आभार प्रकट गरे। सो प्रशिक्षण कार्यक्रमले आवश्यक कृषि ज्ञान तथा बजार व्यवस्थापन कौशल, वातावरणमैत्री बाली उत्पादन प्रविधि, नयाँ बीउ, नयाँ बाली, खेतीपाती गर्ने नयाँ तरिकाबारे सहयोग पुग्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement