मन्त्री खरेलले गरे राभाङलमा नवनिर्मित कपिन्जल चिल्ड्रेन होमको उदघाटन

IMG-20230915-WA0219.jpg

गान्तोक: राज्यका महिला एवम बाल विकास मन्त्री सञ्जीत खरेलले आज दक्षिण जिल्लाको राभाङला नवनिर्मित कपिन्जल चिल्ड्रेन होमको उदघाटन गरे। यस उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले नवनिर्मित चिल्ड्रेन होमा बालबालिकाहरूको निम्ति सबै आधारभूत सुविधासहितको घर उपलब्ध गराउन विभाग सफल बनेकोमा उनले विभागको प्रयासको प्रशंसा गरे। उनले विपन्नको जीवनस्तर उकास्न र सहयोग गर्न राज्य सरकार सधैं अग्रसर रहेको बताए। मन्त्रीले बालबालिकालाई आफ्नो सपनाको पछि लागेर भविष्यमा राज्य र राष्ट्रको नाम रोशन गर्नुपर्ने विषयमा प्रोत्साहित गरे। यसै क्रममा अतिरिक्त सचिव हिस्से छोडेनले राबोङमा एउटा घर किरायामा लिएर २०१६ देखि कपिन्जल चिल्ड्रेन होम सञ्चालन गरेको जानकारी गराइन्। तर किरायामा सञ्चालन घर भीडभाड स्थानमा भएकाले सीमित सुविधामा ३० जना बालबालिकालाई मात्रै राखिएको उनले बताइन्। नयाँ भवन निर्माण भएसँगै अब बाल न्याय ऐन २०१५ मा तोकिए बमोजिम ५० जना बालबालिकालाई सबै सुविधासहित आवास सुविधा उपलब्ध गराउन सकिने उनले थप जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement