गान्तोक: केन्द्रीय राज्य शिक्षामन्त्री डा.सुवास सरकार तीन दिवसीय सिक्किम भ्रमणको निम्ति आज सिलगढी आइपुगे। आज उनलाई सिलगढीस्थित बागडुग्रा हवाई अड्डामा सिलगढी यूनिटका शिक्षा विभागका संयुक्त निर्देशक बिलाल प्रभाकर लगायत अन्य अधिकारीहरूले स्वागत जनाए। मन्त्री सरकारले आजदेखि १७ सेप्टेम्बरसम्म राज्यको विभिन्न स्थान जस्तै नाम्ची, गान्तोक, पाकिम जिल्लामा आयोजना गरिने कार्यक्रममा सहभागी जनाउने भएको छन्।

सोही प्रकारले उनले आगामी १७ सेप्टेम्बरको दिन राजधानीस्थित चिन्तन भवनमा प्रधानमन्त्री विश्वकर्मा योजनाको उदघाटन कार्यक्रममा उपस्थिति जनाउने जानकारी गराइको छ।