“नेपाल भारतको मैत्री सन्धिको धाराहरूले व्यापार गर्न पाउने प्रावधान छ, तर त्यो व्यापार दिनको उज्यालोमा हुनु पर्छ कानुनी तवरमा, रातको अन्धेरोमा हुने कालाबजारी होइन:” अनोस थापा

00-1-Chhetriya-Samachar

अचम्मै छ, इतिहासलाई माध्यम बनाएर नेपाल संग नाता जोड्यो भने खाते भाते भन्नेहरूले नै अहिले नेपाल संग हाम्रो खुनको सम्बन्ध छ,सन्तानको सम्बन्ध छ भन्दैछ।किन भने नेपालको सब्जी र सामान रोक्दा धेरैलाई राजनीतिक मिर्ची लागेको छ। वास्तवमा भन्नु पर्दा मदेशको सामानले हाम्रो अर्थनितीको हात खुट्टा भाँचिदिएको छ भने नेपालको सामानले अझ मेरुदण्ड भाँच्ने काम गरेको छ।

व्यवस्थामा घिसिङ हुदै गुरूंग र तामांग सम्म आउदा सम्म पहाडमा रिक्रुटमेन सिस्टम धरि बनिएको छैन। अहिले बनाउने प्रक्रिया शुरू भएको छ। न नोकरी छ, न कुनै व्यवसाय। पहाडको व्यवसाय मदेशबाट आउने समान र नेपालबाट आउने बस्तुले निलेको छ।नेपाल र मदेशले मिचेर हाम्रो व्यवसाय छटपटाइ रहेको छ। यस्तो अवस्थामा प्रदेश जानु बाहेक अन्य चारो नै छैन। नेपाल भारतको मैत्री सन्धिको धाराहरूले व्यापार गर्न पाउने प्रावधान छ।तर त्यो व्यापार दिनको उज्यालोमा हुनु पर्छ कानुनी तवरमा। रातको अन्धेरोमा हुने कालाबजारी होइन। ती ब्यापारहरू वाकाइदा दुई देशको कानुनको दायरा भित्र हुनु पर्छ। अन्तराष्ट्रिय सिमानाबाट बैधानिक रूपमा सामान कानूनी रूपमा छिरेको हुनु पर्छ।आज नेपालबाट छिरेको कालोबजारीले मात्र पहाडको ७ हजार इस्कुस उत्पादक कृषकहरूलाई मर्का दिएको छ। १००० भन्दा ज्यादा खोर्सानी उत्पादक व्यापारीहरू, ५०० भन्दा बढी दुध व्यापारीहरूको आर्थिक मेरुदण्ड भाच्ने काम गरेको छ। कृषकहरूले स्कूसको दाम ५ रू. पनि पाएको छैन।यसर्थ आफ्नो भूमिको कृषकहरूको समर्थनमा उभिनु भूल हो र? अँ समर्थन गर्ने तरिका भने गलत हुन सक्छ तर उद्देश्य असल छ, पहाडको कृषि र ब्यवसाय बचाउने पवित्र कर्म छ। पहाडमा अर्ग्यानिक कृषि हुन्छ।बाहिरबाट आएको सब्जी भलै कम मूल्यको होला तर रसायनको भरपूर प्रयोग भएको हुन्छ। यसैकारण हिजाज क्यान्सर, किड्नी, डाइबिटिज, प्रेसर आदिले हाम्रो जीवनमा आपद निम्त्याइएको छ।त्यति मात्र होइन राती आउने सब्जीको बोरा भित्र अवैध सामानहरू जस्तै चिरेतो,गाँजा आदि हुन सक्दैन भन्ने कुनै ग्यारेन्टी नै छैन। यस्तो अवैधानिक प्रवेशले गर्दा हाम्रो व्यवसायलाई सोझो असर गरेको छ, स्वास्थयलाई हानि पुराएको छ।

गणतान्त्रिक वा हिंसात्मक दुवै तरिकाको आन्दोलन गरेर हेरि सक्यौ।गोर्खाले न्याय पाएको छैन। गोर्खाले बिदेशीको ट्याग लगाउनु पर्ने बाध्यता नै नेपाल हो। किन भने जुनै कुरामा पनि हामीलाई नेपाल संग दाज्ने गर्छ। हुन पनि हाम्रो रूप रंग जात खुन सबै मिल्छ।कतिपय इतिहास र साहित्यिक कृतिहरू ले पनि त्यतै ईगित गरिरहेको हुन्छ। हाम्रै अनुहार भएको हामी जस्तै खुन भएको देश लुते हुनु नै हाम्रो निम्ति अभिशाप बनेको छ। न कुनै पुख्त सीमाना बाधिएको छ न कुनै भिथियो।तर अहिले भारत सरकारलाई कुनै बाध्यताको अनुभसा नै छ।यदि जापान कोरियाहरू जस्तो सशक्त हुने हो भने उहिले नै हामीलाई भारत सरकारले बाध्यता बंश न्याय दिने व नै छैन। बरू भारतमा गोर्खा र मुस्लिमको जातिय र धार्मिक अस्तित्व अभिशाप जस्तो छ। गोर्खाले हामी खाटि भारतीय हौ भन्छौ तर, तिमीहरू नेपालबाट आएको भन्छ त्यसरी नै कुनै खाट्टी मुसलमानले भारतीय हो भन्छ भने पनि उसलाई पाकिस्तान संग दाज्ने मान्सिकता करोडौ भारतीयहरूको छ।यसैले नेपाल संगको मैत्री सम्बन्ध भए तापनि सरकारले नेपाल सिमानालाई ध्यान दिनु पर्ने समयको माग बनेको छ।
हामी पहाडेहरू सबै कुरामा पछौटे छौ। हामी भित्र व्यावसायिक संस्कार छैन। यहि सँस्कारलाई पुर्णजिवित गराउने कर्ममा लागेर नै ‘गोर्खे हाट’ को शुरूवात कालेबुंगमा जस्तै खरसांग एवं दार्जिलिङ मा पनि गर्दैछौ। अब हामी व्यावसायिक बन्न पर्छ। सबैले यस कुरामा सहयोग गरौ। मुल्य अलिकति धेर भए तापनि आफ्नो गाउँलेको व्यवसायलाई प्रोत्साहन गर्न आफ्नै उत्पादन किनौ। अर्ग्यानीक खाद्य खाने बानी बसाऊ। स्वास्थ्य निरोगी बनौ।

अनोस थापा
सभासद
सूचना तथा संस्कृति विभाग

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement