एमसीयूको दीक्षान्त समारोहमा सामेल भए उपराष्ट्रपति, ४५० विद्यार्थीहरूलाई प्रदान गरे उपाधि
भोपाल: उपराष्ट्रपति जगदीप धनखड़ले भने, देशको विकासलाई राजनीतिको चश्माले हेर्नु हुँदैन।
विकासको चर्चा गर्नुको अर्थ कुनै राजनीतिक दलको प्रशंसा गर्नु होइन। विकास देशको भइरहेको छ जसको लाभ सबैले पाउनेछन्। पत्रकारहरूले ध्यानदिनुपर्छ कि पत्रकारको काम कुनै पनि राजनीतिक दलको हितमा हुनु हुँदैन। उनीहरूको काम कुनै एजेण्डालाई सेट गर्नु हुँदैन। प्रेसको स्वतन्त्रता त्यसबेला मात्र हुनसक्छ जतिबेला पत्रकारहरू सकारात्मक हुन्छन्।
उपराष्ट्रपति धनखड़ले शुक्रवार मध्यप्रदेशको एक दिवसीय प्रवास अवधि भोपालको माखनलाल चतुर्वेदी राष्ट्रिय पत्रकारिता एवं संचार विश्वविद्यालय (एमसीयू)-को चौथो दीक्षान्त समारोहलाई सम्बोधन गरिरहेका थिए। उनले भने, यहाँ विद्यार्थीहरूको पारम्परिक विधान अंगवस्त्र देखेर मलाई अत्यन्त खुसी लागिरहेको छ। मैले चारै दिशाको झलक यहाँ देखिरहेको छु। यसको झलक जी-२० सम्मेलनमा पनि देख्न पाइएको थियो। तपाईहरूको यस ड्रेस कोडलाई सदैव सम्झनेछु।
राजधानीको बिशनखेड़ीस्थित एमसीयूको नयाँ परिसरमा पहिलो पटक आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति जगदीप धनखड़ मुख्य अतिथिका रूपमा उपस्थित थिए। उनले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा प्रदेशका जनसम्पर्क मन्त्री राजेन्द्र शुक्ल, प्रदेशका उच्च शिक्षामन्त्री डा. मोहन यादव, सांसद प्रज्ञा सिंह ठाकुर औ संस्थानका कुलपति केजी सुरेश पनि उपस्थित थिए। उपराष्ट्रपति धनखड़ले संस्थानका विद्यार्थीहरूलाई उपाधि प्रदान गरे। जून २०१८-देखि दिसम्बर २०२२ का उत्तीर्ण ४५० विद्यार्थीहरूलाई उपाधिहरू प्रदान गरियो। कार्यक्रममा विद्याथीहरू समेत सबै मानिसहरू पारम्परिक भारतीय परिधानमा सजिएका थिए।