रेल, सड़क, हवाई औ जल परिवहनको समग्र दृष्टिकोण अन्तर्गत समाधान गरिनुपर्छ: राष्ट्रपति

IMG-20230915-WA0211.jpg

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार भनिन्, देशलाई कुशल मल्टी-मोडल परिवहन प्रणालीको खाँचो छ। यसको रेल, सड़क, वायु औ जल परिवहनको समग्र दृष्टिकोण अन्तर्गत समाधान गरिनुपर्छ।

भारतीय रेलवे (२०१९, २०२० औ २०२१ ब्याच)-का २१३ प्रोबेशनर्सको एक समूहले शुक्रवार राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गऱ्यो।

प्रोबेशनर्सलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, कुनै पनि वाणिज्यिक संगठन विपरीत भारतीय रेलवे देशको सामाजिक जीवन रेखा हो। यसले आम मानिसहरूको सपनालाई साकार पार्छ। साथै यसको राष्ट्रव्यापी कनेक्टिभिटीले देशको विविधतालाई प्रदर्शित गर्दछ। भारतीय रेलवेले मानिसहरूलाई स्मरणीय अनुभव प्रदान गर्न तथा भारतीय सहित विदेशी आगन्तुकहरूलाई विविध भारतीय संस्कृतिको झलक प्रदान गर्नको लागि आफ्ना सेवाहरूलाई उन्नत बनाइरहेको छ।

राष्ट्रपतिले भनिन्, रेलवेको बुनियादी ढाँचाको विकासले देशको सामाजिक-आर्थिक वृद्धि तथा विकासलाई अग्रगामी बनाइरहेको छ। हरित प्रौद्योगिकीलाई प्रयोग गरेर तथा विश्व स्तरीय सुविधाहरूलाई जोड़ेर ”अमृत भारत स्टेशन योजना” अन्तर्गत रेलवे स्टेशनहरूको पुनर्विकास एक महान जनकेन्द्रित पहल हो जसले पर्यटन गतिविधि र आर्थिक प्रगतिलाई सशक्तता प्रदान गर्दछ। उनले विश्वास व्यक्त गरिन्, युवा अधिकारीहरूले आधुनिक हरित भारतीय रेलवेको निर्माण औ एक विकसित राष्ट्रको निर्माणमा उपयोगी भूमिका निभाउनेछन्।

राष्ट्रपतिले अधिकारीहरूलाई समग्र रूपमा परिवहन पारिस्थितिकी तन्त्रमा आवश्यक कौशल, ज्ञान एवं विशेषज्ञता हासिल गर्ने सल्लाह दिँदै अघि भनिन्, अधिकारीहरूले देशभित्र र अन्य देशहरूको सर्वोत्तम प्रथाहरूको अध्ययन गरेर त्यसलाई अप्नाउनुपर्छ। उनले भारतीय रेलवेका अधिकारीहरूलाई आत्मनिर्भर औ विकसित राष्ट्रको लक्ष्यलाई प्राप्त गर्नको लागि अन्य विभागीय अधिकारीहरूसित समन्वय राखेर काम गर्ने आग्रह गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement