गुवाहाटी: गुवाहाटी पुलिसको क्राइम ब्राञ्चद्वारा शुक्रवार बिहान राजधानीका विभिन्न ठाउॅंहरूमा छापामारी गरियो। फर्जी कल गरेर धेरैलाई लुट्ने मामिलामा यो अभियान चलाइएको हो।
यो अभियान शहरका धेरै अवैध कल सेन्टरहरूका साथै राजगढ़को एक कल सेन्टरमा पनि चलाइयो।
राजगढ़ स्थित यो कल सेन्टर नोएडाबाट संचालित हुन्छ। शिकायत अनुसार, कलसेन्टरको कुनै नाम थिएन। यस कल सेन्टरमा लगभग २१ कर्मचारी छन्। यस मामिलामा आईएएस अधिकारी अतिका सुल्तानाको छोरा तसदीकुर रहमानको नाम अघि आएको छ। बिहिवार राति गान्धीबस्तीमा अतिका सुल्तानाको घरमा पनि छापा मारियो।
यिनीहरूले धेरैलाई बोलाएर लुटेको आरोप छ। पुलिसले य़स घटनाको क्रममा धेरैलाई पक्राउ गरेको छ। अपरेशन अहिलेपनि जारी छ। जाँचमा अझ् धेरै खुलासा हुने सम्भावना छन्।