गोदुनिसको नाटक प्रतियोगिताको दोस्रो दिन पाँच नाटकहरू मञ्चित

IMG-20230915-WA0195.jpg

दार्जीलिङ: आज गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको आयोजनामा हिजदेखि शुरु भएको चौथो वार्षिक नेपाली नाटक प्रतियोगिता २०२३ को आज दोस्रो दिन पाँच नाट्य टोलीहरूले नाटकहरू मञ्चन गरेका छन्। गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको पद्मा देवान स्मृति भवनमा सम्पन्न गरिएको आज नाटक प्रतियोगिताको प्रथम चरणमा गोदुनिस अध्यक्ष बीबी गुरूङ, सचिव केशव छेत्री, कोषाध्यक्ष एनबी तामाङलगायत नाटक उप समिति अध्यक्ष पेम्बा बम्जन साथै विशिष्ट अतिथिवर्ग साथै गणमान्य व्यक्ति विशेषको उपस्थितिमा आरम्भ गरिएको दोस्रो दिनको नाटक प्रतियोगिता गोदुनिस नाटक उप समिति अध्यक्ष पेम्बा बम्जनको विशेष उपस्थिति साथै निर्णायकहरू क्रमैले मोहन विष्ट, सरोज राणा, मरियममित लेप्चा, ललित तिवारी अनि ओम नारायण गुप्ताको उपस्थितिमा आरम्भ गरियो। आज दोस्रो दिन क्रमैले नाटकहरू आमा संघ, अप्पर निम्किडाँड़ा, दार्जीलिङको अधुरो सपना, सर्वदा फाउण्डेशन, देवीडागा सिलगढीको हाम्रो परिवेश सुकिया पोखरी कन्या उ. मा. विद्यालयको डब्ल्यू डब्ल्यू डब्ल्यू.ट्यूशन.कम, सन्त जोसेफ बालिका उ. मा. विद्यालय खरसाङको अब मुनाल कहाँ उड़ोस अनि जागृति परिवार, खरसाङको सगैं तर एकलै एकलै मञ्चन गरियो। यसै गरी भोलि तथा नाटक मञ्चन गरिने अन्तिम दिन नाटकहरू क्रमैले नटराज नाट्य टोली, मेरी भिल्ला, दार्जीलिङको असमञ्जस, मंगलपुरी युवा संघ दार्जीलिङको कमली, बैष्णवी प्रोडक्शन दार्जीलिङको मैला, दीप सागर कला संघ दार्जीलिङको कारागार भित्र, मंगलपुरी ग्राम समाज दार्जीलिङको नाटकभित्रको नाटक मञ्चन गरिनेछ। यसरी तीनदिने नाटक मञ्चनबाट निर्णायकगणको निर्णय अनुसार चार नाटकहरू चयन गरिनेछ अनि यही चुनिएका चार नाटकहरू आगामी १७ सेप्टेम्बर अन्तिम फाइनल राउण्डको दिन नाटकहरू पुनः मञ्चन गरिनेछ। मञ्चित नाटकहरूबाट चयन गरेर श्रेष्ठ नाटककार, श्रेष्ठ निर्देशक अनि श्रेष्ठ अभिनय कलाकारलाई नकद राशी पुरस्कार पनि प्रदान गरिने उप समिति अध्यक्ष पेम्बा बम्जनले बताएका छन्।
पुरस्कारको साथमा विजयी भएका टोलीलाई प्रथमलाई चालिस अनि दोस्रोलाई पच्चिस हजार अनि तेस्रोलाई दश हजार रूपियाँ प्रदान गरिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement