श्रमिकहरूको आवाजलाई दह्रिलो बनाउन रैली र सभामा सहभागिता जनाउनुहोस्: जतन राई

IMG-20230915-WA0207.jpg

दार्जीलिङ: श्रमिकहरूको आवाजलाई अझ दह्रिलो बनाउन सहयोगको हात बढाउने हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आह्वान् गरेको छ। राज्य सरकारद्वारा जारी गरिएको पाँच डेसिमलको पट्टाको अधिसूचनालाई स्थगित होइन पूर्ण खारिज गरिनुपर्छ भन्ने मांग गर्दै भोलि शनिबार जोइण्ट फोरमले दार्जीलिङ शहरमा विराट रैली र पथ सभाको आयोजना गरेको छ। उक्त रैली र पथ सभामा समस्त पहाडवासी सामेल भईदिने एसएसटीडीसीएसएसले आह्वान् गरेको छ।
एसएसटीडीएसएसको केन्द्रीय कार्यकर्ता जतन राईले जोइण्ट फोरमको आयोजनामा भोलि शनिबार दार्जीलिङ शहरको जीडीएनएस खेल मैदानबाट विराट रैली निकालिने भएको छ अनि उक्त रैलीले शहरको परिक्रमा गर्दै शहरमा पथ सभाको आयोजना गर्ने भएको छ। उक्त रैली र सभामा सबैले अंश ग्रहण गरेर पाँच डेसिमल पट्टाको अधिसूचनालाई खारिज गर्न सहयोग पुराई दिने अनुरोध गरेको छ। राईले अघि भने, भोलि शनिबारको रैली र सभा चिया श्रमिकहरूको हक र अधिकारको निम्ति आयोजना गरिएको हो अनि श्रमिकहरूलाई आवाजलाई तपाईहरू सबैले अझ दह्रिलो बनाई दिनुहुन्छ भन्ने हामीले आशा साचेका छौं उनले भने। सरकारले पाँच डेसिमल पट्टा दिएर हाम्रो भूगोल तहस नहस गर्ने षड्यन्त्र भएको छ। हाम्रो धरातलहरू लथालिङ्गै बनाउने षड्यन्त्र भएको छ सरकारको यस्तो षड्यन्त्रहरूको विरोधमा श्रमिकहरू स्वयम् खडा भएर विरोध गर्दै आएपछि गत केही दिन अघि मात्र सरकारले अर्को अधिसूचना जारी गरेर पाँच डेसिमल पट्टाको सर्वेलाई केवल स्थगित गरेको छ। पाँच डेसिमल पट्टाको सर्वे स्थगित होइन पूर्ण खारिज गर्नुपर्छ भन्ने हाम्रो मांग हो राईले भने। उनले अघि भने, यसरी नै गत केही दिन अघि पूबोङ चिया बगानमा जोइण्ट फोरमको कार्यकर्ताहरूमाथि प्राण घातक आक्रमण भएको थियो अनि त्यो आक्रमणमा तीनजना कार्यकर्ताहरू घाइते भएका थिए।आजसम्म ती आक्रमणकारीहरूलाई पुलिस प्रशासनले किन पक्राउ गरेको छैन भन्दै उनले पुलिस प्रशासनको कार्यमाथि प्रश्न तेर्साएका छन्।जतन राईले अझ भने, आक्रमणकारीहरूलाई पुलिसले अविलम्ब पक्राउ गरिनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement