दार्जीलिङ: दार्जीलिङको जिल्लापाल एस पुनमबालमलाई हाम्रो पार्टीले शुभेच्छसहित विदाई दिएका छन्। हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको नेतृत्वमा हाम्रो पार्टीको निर्वाचित सभासदहरूले जिल्लापाल एस पुनमबालमको कार्यालयमा गएर उनलाई शुभेच्छसहित विदाई दिएका छन्। जिल्लापाल एस पुनमबालमसहित राज्यको कतिपय उच्च पदाधिकारीहरूलाई सम्बन्धित विभागले स्थान्तरण गर्ने अधिसूचना जारी गरेपछि हाम्रो पार्टीको निर्वाचित सभासदहरूले उनको कार्यालयमा पुगेर खदा लगाएर शुभेच्छसहित विदाई दिएका छन्। एस पुनमबालमको कार्यकालमा दार्जीलिङमा चुनावहरू शान्तिपूर्ण सम्पन्न भएको थियो।

चुनाव अवधि होस् अथवा अन्य दिनहरूमा नै दार्जीलिङमा कुनै प्रकारको अप्रिय घटनाहरू नघटेको बताउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, उपाध्यक्ष रोबर्ट छेत्री, जितेन राई, सन्नी बम्जन, प्रतिम सुब्बा, रोशन लामा आदिले एस पुनमबालमलाई खदा लगाउँदै विदाई दिएका छन्।