दार्जीलिङ: पहाडको चिया श्रमिकहरूलाई सरदारहरूले बाहिरोबाट ल्याएका थिए भन्ने डीके प्रधानको बयान सही थिए त?भन्दै हाम्रो पार्टीले दार्जीलिङ बार ऐसोसिएशन समक्ष प्रश्न तेर्साएका छन्। हाम्रो पार्टी केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्रीले बताए अनुसार गत केही दिन अघि यहाँको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा एक न्युज च्यानलले पाँच डेसिमलको विषयमाथि चर्चाको आयोजना गरेको थियो। उक्त चर्चामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यकर्ता एंव अधिवक्ता डीके प्रधानले चिया बगानहरूमा कार्यरत् चिया श्रमिकहरूलाई सरदारहरूले बाहिरबाट ल्याएका थिए भन्ने जस्ता गोर्खा जातिलाई शंकाको घेरामा खडा गर्ने बयान दिएका थिए। कार्यक्रमको अवधि नै डीके प्रधानको बयानको घोर आपत्ति भएको थियो अनि उपस्थित दर्शकहरूले सार्वजनिक रूपमा माफी मांग्ने मांग गरेको थियो। तर उनले माफी नमाग्दा हाम्रो पार्टीले शहरको चौक बजारमा डीके प्रधानको पुत्ला दहनको कार्य गरेको थियो। यसै विषयमाथि डीके प्रधानले हाम्रो पार्टीको कार्यकर्ताहरू विरूद्व सदर थानामा एफआईआर दर्ता गरेका थिए। त्यसै आधारमा सदर पुलिसले हाम्रो पार्टीको कार्यकर्ताहरू विरूद्व मामला दर्ता गरेपछि आज हामी न्यायलयमा आएका थियौं। तर दार्जीलिङ बार ऐसोसिएशनले हाम्रो पक्षमा कुनै केस नलड्ने निर्णय लिएको हुनाले हामीले बाहिरबाट वकील ल्याउन बाध्य भएका छौं उनले भने। हाम्रो पार्टी केन्द्रीय उपाध्यक्ष छेत्रीले अघि भने डीके प्रधानले एक राम्रो अधिवक्ता हुनुहुन्छ। तर उनले चर्चाको क्रममा पहाडको चिया श्रमिकहरूलाई सरदारहरूले बाहिरबाट ल्याएका थिए भन्ने जो शब्द प्रयोग गरेका छन् के त्यो सही हो? भन्दै उनले दार्जीलिङ बार ऐसोसिएशनमाथि प्रश्न तेर्साएका छन्। छेत्रीले अझ भने, विगतका दिनहरूमा मधेश क्षेत्रमा गोर्खाहरूमाथि आरोप र लाञ्छानाहरू लगाउँदा हामीले उनीहरूको पनि पुत्ला जलाएका थियौं। त्यस समय दार्जीलिङ बार ऐसोसिएशनको वकीलहरूले हाम्रो पक्षमा मुद्दाहरू लडेका थिए। तर आज हाम्रै गोर्खाले गोर्खा जातिलाई शंकाको घेरोमा खडा गर्दा हामीले उसको पुत्ला जलायौं। उसले गरेको गल्ती चाहि गल्ती होइनन् भन्दै उपाध्यक्ष रोबर्ट छेत्रीले प्रश्नमाथि प्रश्न तेर्साएका छन्। भोलिको दिनमा एक साधरण मानिसहरूले उकीलको विरोधमा आवाज उठाए। उनले यो न्यायको मन्दिर न्याय नपाउने रहेछ भन्ने उनले बताए। हाम्रो पार्टी उपाध्यक्ष रोबर्ट छेत्रीले अघि भने, दार्जीलिङ बार ऐसोसिएशनले हामी दुई हात जोडी बिन्ती गर्छौं कि तपाईहरूले यस विषयमाथि पुनः विचार गर्नुपर्छ भन्ने उनले अनुरोध गरेका छन्।