पीवाईएस ए टीम क्वार्टर फाइनलमा

IMG-20230915-WA0184.jpg

१५ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शुक्रवार पहिलो प्री-क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको म्याचमा आयोजक पहाड़ी युवा संघ (पीवाईएस)-को ए टीमले मंगपूको टीम बण्टी इलेभेनलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सागर ठटालले २ र दिपेश सुब्बाले १ गोल गरे। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ।

यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement