केन्द्र सरकारले रकम नदिँदा बक्सा टाइगर प्रोजेक्ट अलमलमा: बनमन्त्री

IMG-20230915-WA0162.jpg

अलिपुरद्वार: केन्द्र सरकारले राज्यको बन विभागलाई वञ्चित गरिरहेको आरोप राज्यको बनमन्त्री ज्योतिप्रिय मल्लिकले लगाएको छ। केन्द्र‌ सरकारले रकम भुगतान नगरेकोले बक्सा ब्याघ्र प्रकल्पको कोर क्षेत्रका बासिन्दाहरुलाई स्थानान्तरण गराउन नसकिरहेको औ पुनर्वास गर्न असमर्थ भईरहेकोले बाघ ल्याएर छोड़ने प्रक्रिया सुरु हुन नसकेको बनमन्त्री ज्योतिप्रिय मल्लिकले जनाएका छन्। राज्यका बनमन्त्री ज्योतिप्रिय मल्लिकले अलिपुरद्वारमा बन अधिकारीहरूको सम्मेलनमा भाग लिन आउँदा उक्त कुरा गरेका हुन्।

स्मरण गराईन्छ, बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेका १९ वटा बनबस्तीहरुलाई स्थानान्तरण गर्ने योजना रहेको छ भने बक्सा टाइगर प्रोजेक्ट अन्तर्गत पर्ने जंगलले घेरिएका गंगुटिया र भोटे बस्तीका बासिन्दासँग बन विभागले अगावै सम्झौता गरिसकेको छ। अन्य ७ वटा बनबस्तीसँग पनि राज्यको बन विभागले कुराकानी गरेको जनाएका छन्। यसका लागि यी बनबस्तीका सबै वयस्कलाई १५ लाख रुपियाँ दिने चुक्ति पनि भएको तर केन्द्र सरकारले आजसम्म यसको भुक्तानी नगरेको बनमन्त्रीको आरोप छ। फलस्वरुप बनबस्ती बासिन्दाहरुलाई अन्यत्र सार्न ढिल्याई भएको बनमन्त्रीको भनाई रहेको छ। जबसम्म १९ वटा बनबस्तीहरुलाई स्थानान्तरण नगरेसम्म बाघ ल्याउन नसकिने भएकाले बाघ ल्याउन ढिल्याइ भएको बनमन्त्री ज्योतिप्रिय मल्लिकले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement