सिलगढ़ी: राज्य सरकारले चिया पर्यटनको नाममा चियाकमानलाई निजी कम्पनीहरुलाई हस्तान्तरण गर्न खोजिरहेकोले यस विरुद्ध एआईटीयूसीले आन्दोलन गर्ने शुक्रबार पत्रकारहरुलाई जनाएका छन्। राज्य सरकारले चियाकमानको केही जमीन पर्यटनको नाममा निजी कम्पनीहरुलाई सुम्पिन तयार बसेको तर यसो हुन नदिन एआईटीयूसीले आन्दोलन गर्ने चेताउनी दिएका छन्।