जलपाईगढ़ी: करिब ३ फूट लामो मृगको सिङसहित आमबारी रेन्जका बनकर्मीहरुले एक व्यक्तिलाई पक्राउ गरेका छन्। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा शुक्रबार आमबारी रेन्जका रेन्जर आलमगीर हकको नेतृत्वमा बन कर्मचारीले आमबारी पुलिस स्टेशन इलाकामा छापा हानेको थियो भने उक्त क्षेत्रमा मृगका सिङ बिक्री हुने गरेको सूचना बन विभागलाई प्राप्त भएको थियो। बनकर्मीहरू उक्त सिङ क्रेताको रूपमा किन्न पुगेर मृगका सिङ बेच्न आएका एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको बन विभागले जनाएका छन्।

अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखिएको पनि बन विभागले जनाएका छन्। आरोपीलाई शुक्रबार जलपाईगढ़ी जिल्ला अदालतमा पठाइएको छ। यस गिरोहमा संलग्न अन्यको खोजी भइरहेको बन विभागले जानकारी दिएका छन्।