गुणस्तरहीन र ठूला पोशाक वितरण गरेको भन्दै विद्यार्थी तथा अभिभावकगणले गरे विरोध प्रदर्शन

IMG-20230915-WA0141.jpg

जलपाईगढ़ी: हल्दीबारी ब्लकको हेमकुमारी हाई स्कूलका सम्बन्धित शिक्षक औ अधिकारीहरू विरुद्ध कम गुणस्तर र ठूलो साइजको यूनिफर्म वितरण गरेको अभियोग उठेको छ। यस विषयमा विद्यालय परिसरमा विद्यार्थी र अभिभावकहरुमा आक्रोश छाएको छ भने विद्यार्थीहरूले साइज नमिलेको ठूला यूनिफर्म लगाएर विद्यालयको गेट अगाडि उभिएर विरोध प्रदर्शनमा सहभागी भएका थिए। आक्रोशित अभिभावकले गुणस्तरीय र सही साइजको कपडा तत्काल वितरण गर्ने माग गरेका छन् भने आफूले चाहेअनुसारको पहिरन बनाउने अधिकारीको मानसिकता रहेको अभिभावकको गुनासो रहेको छ। यता सेल्फ हेल्प ग्रुपले कपड़ा सिलाई मात्रै गरेर विद्यालयमा पुऱ्याउने काम गरेको बताएका छन् भने सबै पहिरन फिर्ता गरेर मर्मत गरिने जनाएका छन्।

यस विषयमा सम्बन्धित विद्यालय प्रशासनलाई लिखित उजुरी दिन भनिएको ब्लक प्रशासन स्रोतले जनाएको छ। लुगाहरू बनाउने जिम्मेवार कम्पनीसँग कुरा गर्ने र तिनीहरूलाई पुन: बनाउने व्यवस्था गर्ने पनि बताईएको छ। विद्यालयका सहायक प्रधानाध्यापक प्रदीपकुमार राईलाई सम्पर्क गर्दा कपड़ाको गुणस्तर र साइजको विषयमा अभिभावकबाट गुनासो आएको स्वीकार गरेका छन् भने यस विषयमा माथिल्लो निकायको ध्यानाकर्षण गराइएको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement