सिलगढ़ी: भाजपा सिलगढ़ी सांगाठानिक जिल्लाको वार्ड नम्बर ७ मण्डल कमिटी क्षेत्रमा शुक्रबार ‘मेरी मिट्टी मेरा देश’ कार्यक्रम सम्पन्न भयो। उक्त अवसरमा जलपाईगढ़ीका भाजपा सांसद डा. जयन्त कुमार रायको प्रमुख उपस्थिति रहेको थियो भने अन्यान्य नेतृत्वहरुमा मण्डल अध्यक्ष नरेन घोष, पूर्व मण्डल अध्यक्ष श्यामल साहा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

इस्कोन मन्दिरको माटो एकत्रित गरेर कार्यक्रम शुरु गरिएको थियो भने दुर्गानगर स्थित सहीद दिनेश गिरीको घरको माटो पनि संग्रह गरिएको थियो। एकत्रित माटोले दिल्लीमा सहीद बगैचा निर्माण हुने सांसद डा. जयन्त कुमार रायले जनाएका छन्।