कुचबिहार: शुक्रबार विहान माथाभाङ्गा हिन्दुस्तान मोड़मा एउटा मोटरबाइक विपरीत दिशाबाट आईरहेको एउटा ट्रकसित दुर्घटनाबाट बाँच्न खोज्दा बाइक अनियन्त्रित हुँदै एकजना वृद्धासित ठोक्किन पुग्दा वृद्धा गम्भीर घाईते बनेको थियो।
घाईते वृद्धालाई उक्त बाइक सवारले माथाभाङ्गा अस्पतालमा ल्याएर छोड़ेपछि सुँईकुच्चा ठोकेको बताईएको छ। घाईते वृद्धाको नाम क्षितेन बर्मनको रुपमा चिन्हित भएको छ भने घाईते दुवै बाइक सवार भयको आशङंकाले अस्पतालबाट टाप कसेको बताईएको छ। उता घाईते वृद्धा दुध लिएर घर फर्कन्दा उक्त दुर्घटना भएको बताईएको छ भने वृद्धालाई आशङ्काजनक अवस्थामा कोचबिहार मेडिकल कलेजमा रेफर गरिएको बताईएको छ।

पुलिसले सम्पूर्ण घटनाको जाँच शुरु गरेको र बाइक सवारको खोजी चलाईरहेको जनाएका छन्।