गाईलाई बचाउँदा बाइक दुर्घटनाग्रस्त, दुई घाईते

IMG-20230915-WA0106.jpg

सिलगढ़ी: बिहीबार अबेर राती बाइकमा सवार भएर दुईजना व्यक्ति बागडोगरातर्फ गईरहेको समय अचानक सड़कमा निस्किएको एउटा गाईलाई बचाउने हुँदा बाइकमा सवार दुईजना गम्भीर घाईते बनेको थियो। स्थानीय प्रत्यक्षदर्शीहरुले यसको जानकारी पुलिसलाई दिँदा घटनास्थलमा बागडोगरा थानाको पुलिसबल पुगेर दुवै घाईतेलाई उद्धार गरेर अस्पताल पुऱ्याएको थियो। दुई घाईतेमध्ये एकको स्थिति अलिक गम्भीर रहेको बताईएको छ भने पुलिसले घटनाको जाँच गरिरहेको जान्नमा आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement