टेनिसः डोपिंगले गर्दा सिमोना हालेपमाथि ४ सालको प्रतिबन्ध

IMG-20230915-WA0119.jpg

१५ सेप्टेम्बरः इण्टरनेशनल टेनिस इण्टिग्रिटी एजेन्सी (आईटीआईए)-ले पूर्व नम्बर एक महिला खेलाड़ी सिमोना हालेपमाथि डोपिंगको दुईवटा अपराधले गर्दा ४ सालको प्रतिबन्ध लगायो। रोमेनियाकी ३१ वर्षीय खेलाड़ीलाई गत वर्ष यूएस ओपनको अवधि रक्साडस्टेट-को मामिलामा पोजिटिभ पाइएको थियो। यस कारणले गर्दा गत वर्ष अक्टोबरदेखि उनीमाथि अस्थायी प्रतिबन्ध लगाइएको थियो। मईमा दुईपल्टकी ग्राण्ड स्ल्याम एकल च्याम्पियनमाथि एथलीट बायोलजिकल पासपोर्ट (एबीपी)-मा अनियमितताहरूसँग सम्बन्धित रिपोर्ट बनिएको थियो, जुन जाँचमा सही पाइयो। हालेपले अब ६ अक्टोबर २०२६-सम्म पेशादार टेनिस खेल पाउनेछैनन्। आईटीआईए-ले आफ्नो बयान जारी गरेपछि हालेपले यस फसेला विरुद्ध अपील गर्ने फसेला गरेकी छन्। उनले भनिन्, टेनिस एण्टी डोपिंग कार्यक्रमअन्तर्गत एउटा न्यायाधिकरणले मेरो मामिलामा एउटा अस्थायी निर्णायको घोषणा गऱ्यो। मेरो निम्ति गत वर्ष सबैभन्दा कठिन रह्यो। मेरो लड़ाइँ जारी छ। मैले आफ्नो जीवन टेनिसको सुन्दर खेललाई समर्पित गरेकी छु। म हाम्रो खेललाई नियन्त्रित गर्ने नियमहरूलाई गम्भीरतापूर्वक लिन्छु अनि यस तथ्यमा गर्व गर्दछु कि मैले कहिले पनि जानीबुझी प्रतिबन्धित पदार्थको उपयोग गरिनँ। मैले ४ साल प्रतिबन्धको फसेलालाई अस्वीकार गरेकी छु। म खेल पञ्चाट न्यायालयमा शास्ती विरुद्ध अपील गर्नेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement