चुम्बुङ र च्याखुङमा चिन्तन शिविर

IMG-20230914-WA0249.jpg

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको निर्देश बमोजिम महत्वकांक्षी व्लक चुम्बुङ र च्याखुङमा चिन्तन शिविर सम्पन्न भयो। च्याखुङ र छोटा साम्दोङ आरूबोटेको ग्राम प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रमको अध्यक्षता चुम्बुङका खण्ड विकास अधिकारी ओङदी शेर्पाले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै खण्ड विकास अधिकारी शेर्पाले सोरेङ महत्वकांक्षी जिल्ला प्रोग्राम अन्तर्गत देशका ११२ जिल्लाहरू मध्येको सोरेङ जिल्ला पनि एक हो। निति आयोगद्वारा गरिएको सर्वेक्षण अनुसार देशभरिका 500 ब्लकहरू मध्ये चुम्बुङ ब्लकलाई महत्वकांक्षी ब्लकको रूपमा छनोट गरिएको बताए। उनले सिक्किमका ३ वटा ब्लकलाई महत्वकांक्षी ब्लककोरूपमा चयन गरिएको थप जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement