सोरेङ जिल्लाका दुग्ध उत्पादन विकासबारे सचेतना कार्यक्रम

IMG-20230914-WA0241.jpg

सोरेङ: सोरेङ जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षामा सिक्किम सहकारी दूध उत्पादक युनियन लिमिटेडको तत्वावधानमा विभिन्न ठाउँका दूध उत्पादक सहकारी समिति र ग्वालाहरुलाई लिएर एकदिने सचेतना तथा कृषक परिचय कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सिक्किम मिल्क युनियनका अध्यक्ष यमकुमार मिश्रको विशेष उपस्थिति थियो। कार्यक्रममा सिक्किम मिल्क युनियनले सिङ्ताम शाखाका सिस्को ब्याङ्क शाखा प्रबन्धक सुदर्शन सुनार, सोरेङका सिस्को ब्याङ्क शाखा प्रबन्धक निरज शर्मा, पशुपालन एवं पशु चिकित्सक सेवा विभागका उप-निरीक्षक फुर्बा साङ्गे शेर्पा, थर्पु चिकित्सक केन्द्रका प्रभारी रितु दाहाल र मंगलबारिया रुटका चालक एनबी छेत्रीलाई अभिनन्दन जनायो। वर्तमानमा सरकारले ग्वालाहरुलाई आर्थिक सम्पन्न र समृद्धि बनाउन विभिन्न कल्याणकारी योजनाहरु लागु गरेका छन्। ती योजनाहरु मध्ये ग्वालाहरुलाई प्रतिलिटर आठ रुपियाँ प्रोत्साहन राशि दिने एउटा महत्त्वकांक्षी योजना हो। सरकारले २०२० देखि २०२४ सम्मको चार वित्तीय वर्षमा मात्रै ४९.५५४ करोड रुपियाँ धनराशि आवण्टित गरिसकेको जानकारी गराइयो। वर्ष २०१८ अघि सिक्किम मिल्क युनियनमार्फत औसत ३५ हजार लिटरदेखि ३८ हजार लिटर दुध प्रतिदिन बजारीकरण हुँदै थियो भने वर्तमानमा प्रतिदिन औसत ४८ हजार लिटरदेखि अधिकतम ६० हजारसम्म दूध बजारीकरण भइरहेको सिक्किम मिल्क युनियनले जानकारी गराएको छ।

ज्ञात रहोस्, सिक्किम मिल्क युनियनले धारावाहिक रूपमा राज्यको विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरेर गवलाहरूसँग साक्षात्कार गरिरहेका छन्। विभिन्न ठाउँमा आयोजित कार्यक्रममा उपस्थिति ग्वालाहरुलाई संदेश साथै वित्तचित्र प्रदर्शनी गराएर सरकारले ग्वालाहरुको हितमा गरेका कार्य साथै योजनाहरूबारे जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement