गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले कोरियाका प्रतिनिधिहरूसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। यस अवसरमा पर्यटन मन्त्री बीएस पन्तको पनि उपस्थिति रहेको थियो। भेटको क्रममा मुख्यमन्त्रीले वर्तमान सरकारले पर्यावरण संरक्षणको निम्ति विभिन्न प्रकारको नीति अप्नाएको जानकारी गराए। यसबाहेक उनले सिक्किम राज्यको जलबायु वर्तमान मैत्रीपूर्ण बनाउनको निम्ति शुरू गरेको पहलहरू अति नै महत्वपूर्ण रहेको बताउँदै यसको प्रशंसा गरे।

मुख्यमन्त्रीले वातावरण र स्थानीय रोजगारी दुवैलाई फाइदा पुग्ने कुरामा जोड दिँदै प्रतिनिधिमण्डललाई सहयोग गर्ने आश्वासन दिए। हरित हाइड्रोजन इन्धनको सम्भाव्यता र फाइदाबारे राज्य सरकारले गहिरो अध्ययन गरी सोही अनुसार अघि बढ्ने मुख्यमन्त्रीले जानकारी गराए।यसअघि वाणिज्य तथा उद्योग सचिव कर्मा आर बोन्पोले बैठकको पृष्ठभूमि र कोरियाली समकक्षीसँग भएको छलफलबारे संक्षिप्त विवरण प्रस्तुत गरे।