कुन्तलको चिट्ठी मामिलामा पुलिस जाँचमा हाईकोर्टकाे रोक

00-1-Rajya-Samachar-9

काेलकाता: नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका तृणमूलका निष्कासित नेता कुन्तल घोषको तर्फबाट केन्द्रिय एजेन्सी विरूद्ध चिट्ठी लेखिएको क्रममा पुलिस जाँचमा हाईकोर्टले रोक लगाएको छ।

बिहिवार न्यायमूर्ति अमृता सिन्हाको एकल पीठले अलीपुरको विशेष सीबीआई कोर्टको निर्देश अहिले स्थगित रहने निर्देश दियो।

वस्तुतः कुन्तल घोषले दाबी गरेका थिए कि केन्द्रिय एजेन्सीले नियुक्ति भ्रष्टाचार मामिलामा अभिषेक ब्यानर्जीको नाम लिनका लागि दबाउ बनाइरहेछ। यसलाई लिएर उनले प्रेसीडेन्सी जेल अधीक्षकको माध्यमले कोलकाता पुलिस कहाँ शिकायत दर्ता गराएका थिए। यही मामिलामा अलीपुरको विशेष सीबीआई कोर्टले कुनै सीबीआईको साथै कोलकाता पुलिसको डिटेक्टिव डिपार्टमेन्टको कमिश्नर ऱ्याङ्कको अधिकारीले यस मामिलाको जाँच जारी राख्ने भनेको थियो। कोर्टले भनेको थियो, दुवै जाँच एजेन्सीले यस मामिलामा रिपोर्ट दर्ता गर्नपर्नेछ।

यसलाई लिएर सीबीआईले बिहिवार कोर्टमा भन्यो, निम्न अदालत संवैधानिक कोर्ट हुँदैन। उसलाई केन्द्रिय एजेन्सीबाट कुनै पनि रिपोर्ट माग्ने अधिकार छैन। एउटै मामिलामा राज्य पुलिसको जाँचको कारण पूरा जाँच प्रक्रिया बाधित भइरहेछ। यसपछि न्यायमूर्ति सिन्हाले भनिन्, निम्न अदालतको आदेश अहिले स्थगित रहनेछ। सीबीआईले यस मामिलामा एक्लो जाँच गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement