तीन सय लिटरको दूध कुलर उपकरणको उद्घाटन

IMG-20230914-WA0243.jpg

सोरेङ: सिक्किम मिल्क युनियनका अध्यक्ष यमकुमार मिश्रको उपस्थितिमा आज सोरेङ जिल्लाको लोवर टिम्बुरबुङ दूध उत्पादक सहकारी समितिमा तीन सय लिटरको दूध कुलर उपकरणको उद्घाटन गरेर समितिलाई समर्पित गरिएको छ। उक्त उद्घाटन कार्यक्रममा अध्यक्ष मिश्र मुख्य अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा सिक्किम मिल्क युनियनका प्रवन्धक निदेशक डा. तिलक घतानी, सिक्किम मिल्क युनियनका बोर्ड अफ् डाइरेक्टरद्वय दिनेश चन्द्र दाहाल र डीआर शर्मा, फिल्ड निरीक्षक जेपी गुरुङ, स्थानीय पञ्चायत प्रतिनिधि र लोवर टिम्बुरबुङ दूध उत्पादक समितिका सदस्यहरुको उपस्थिति थियो। सिक्किम मिल्क युनियनका अध्यक्ष अनि अन्य अधिकारीहरुले स्थानीय कृषकहरुसँग अन्तर्क्रिया पनि गरेका थिए।

१२ अगस्त २०१७ मा १२ लिटर दूध संकलन गरेर शुरु भएको लोवर टिम्बुरबुङ दूध उत्पादक सहकारी समितिले केही वर्ष भित्रनै धेरै उन्नति गरेकोमा सिक्किम मिल्क युनियनका प्रवन्धक निदेशक डा. तिलक घतानीले खुसी व्यक्त गरे। समितिलाई आफ्नै सम्पति सम्झेर यसको विकाश गर्नको निम्ति सबैले निस्वार्थ भावमाका गर्ने सबै समितिका सदस्यहरूलाई उनले आभार व्यक्त गरे।
यसको साथै आगामी दिनमा यो सहकारी समितिलाई सधैं सहयोग प्रदान गर्न सबै तत्पर रहेको अध्यक्ष अध्यक्ष यमकुमार मिश्रले आश्वस्त गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *