पत्रकार डिल्लीराम दुलाल वाराणसीमा संवर्द्धित

IMG-20230914-WA0242.jpg

नेपाली भाषाको निम्ति सिक्किमका पत्रकार डिल्लीराम दुलाल सम्मानित

वाराणसी: नेपाली दैनिक समाचार-पत्र हिमाली बेलाका सह-सम्पादक डिल्लीराम दुलाललाई वाराणसीको राजा चेत सिंह किल्ला, शिवालामा आयोजित भारतीय भाषा सम्मान दिवसको अवसरमा संवर्द्धना जनाइएको छ। बहुभाषी समाचार एजेन्सी ‘हिन्दुस्थान समाचार’-को तत्त्वावधानमा आयोजित कार्यक्रममा पत्रकार दुलाललाई नेपाली भाषी पत्रकार/साहित्यकारको रूपमा विशेष योगदान पुर्‍याएबापत संवर्द्घना जनाइएको छ।
कार्यक्रममा उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्य मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने शङ्कर विजयेन्द्र-सरस्वती जी महाराज विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा पत्रकार दुलालसहित 18 भारतीय भाषाका पत्रकार एवं साहित्यकारलाई सम्मानित गरियो।
हिमाली बेलासँग कुराकानी गर्दै पत्रकार दुलालले भने, “म  फलको आशा गर्नुभन्दा कर्ममा बढ़ी ध्यान दिने व्यक्ति हुँ। म हिजोका पत्रकार दुलालले गरेका कमीकमजोरी वा त्रुटिलाई सुधार गर्दै आजका पत्रकार दुलालले कसरी उत्कृष्ट कार्य गर्नसक्छन् भन्ने पक्षहरूमा बढ़ी रुचि राख्दछु। सुकर्म गर्दै जाँदा आफ्नो कामको यात्रामा पुरस्कार वा सम्मान स्वतः थपिँदै जाने हो। यसका लागि आयोजिक समितिप्रति धेरै आभारी छु।”
पाकिम जिल्लाको मध्य पाण्डाम चिउरीबोटे निवासी पत्रकार दुलालले २०२१ देखि प्रेस क्लब अफ् सिक्किमको महासचिवको गरिमामय पद सम्हाल्दै आएका छन्।  उनले २०१४ मा पत्रकारिताका लागि लगनशील युवा पत्रकार पुरस्कार, २०१५-१६-मा पत्रकारिता विधामा रामलाल स्मृति सम्मान र २०२२ मा मिडिया फेडरेशन अफ् इण्डिया नयाँ दिल्लीबाट वर्षका उत्कृष्ट पत्रकार पुरस्कारसहित अन्य सम्मान पनि प्राप्त गरिसकेका छन्। नेपाली साहित्य परिषद्, सिक्किमका आजीवन सदस्य रहेका पत्रकार दुलालले जैविक खेतीलाई प्रोत्साहन गर्न हेतु पत्रकारितामार्फत अतुलनीय योगदान पुर्‍याएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *